Erani Mahal
रिव्दीकोट गाउँपालिकाले व्यवसायिक पशुपंक्षी पालक फार्म, समूहलाई अनुदान दिने
रिव्दीकाेट
पाल्पा । रिव्दीकोट गाउँपालिकाले पालिका भित्र रहेका व्यवसायिक पशुपक्षी पालन गरेका किसानलाई अनुदान उपलव्ध गराउने भएको छ । गाउँपालिकाको छैठौं गाउँसभाबाट स्वीकृति युवा लक्षित कार्यक्रम तर्फ व्यवसायिक पशुपंक्षी पालन गरी रहेका व्यवसाययिक फार्म, समूहलाई लक्षित गरेर अनुदान दिन थालिएको हो । पालिकाले मापदण्ड पुगेका व्यवसायीक पशुपंक्षि फार्म तथा समूहलाई निवेदन माग गरिएको र सोही अनुसार फार्मको अुनगमन समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेललले रानीमहललाई बताउनुभयो । उहाँले जेठ ११ गते सात दिनको म्याद राखेर निवेदन माग गरिएको र माग गरिएका निवेदन उपर छानविन गरी निवेदकको फार्मको लागि बजेट अनुदान दिनको लागि फिल्ड अनुगमन समेत सकिएको छ, प्रमुख अर्जेलले भन्नुभयो,त्यसैको आधारमा अनुदान उपलव्ध गराइनेछ । गाउँपालिकाले गाई भैंसी फार्म सुधार कार्यक्रममा २० माउ भन्दा बढीको लागि १ लाख २५ हजार, १० देखि १९ माउँसम्म ७५, हजार ५ देखि ९ माउसम्म २५ हजार दिने कार्यक्रम रहेको छ । यस्तै बंगुर फर्म सुधारमा २० माउभन्दा बढीलाई १ लाख, १० देखि १९ माउ भएकालाई ४० हजार ५ देखि ९ माउ सम्मको लाई २० हजार प्रदान गरिनेछ । यस्तै बाख्रापालन तर्फ ५० भन्दा बढी भएकालाई एक लाख, ५० सम्मको लाई ४० हजार, २० देखि २९ लाई २० हजार प्रदान गरिनेछ । यस्तै लोकल कुखुरा, हाँस, टर्की, लौकाट पालनतर्फ ५ सय माउ भन्दा बढीलाई २५ हजार, २ सय देखि ४९९ सम्मलाई १५ हजार, ५० देखि १९९ लाई ७ हजार प्रदान गरिनेछ, प्रमुख अर्जेलले रानीमहललाई भन्नुभयो, त्यसको लागि फिल्ड भिजिट समेत गरिएको छ । रिव्दीकोट गाउँपालिकाले युवालाई स्वरोजगारसँगै आष् आर्जनमा वृद्धि गराउन यो फार्म सुधार तथा अनुदानको कार्यक्रम ल्याएको प्रमुख नारायण बहादुर जिसीले रानीमहललाई बताउनुभयो । त्युसको लागि गाउँपालिकाका दर्ता भएका फार्म, समूहलाई उनीहरुको व्यवसायिक योजना र फार्मको अवस्था हेरेर अनुदान उपलव्ध गराइने छ जिसीले भन्नुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update