Erani Mahal
चर्चित गायक तथा सर्जक हुम गैरकोे पछिल्लो गीत ईतिहास सार्बजनिक
103535725_251078702845857_7684798036025992454_n
पाल्पा - चर्चित गायक तथा सर्जक हुम गैरे पछिल्लो लोक दोहोरी गीत ईतिहास सार्बजनिक भएको छ । पछिल्लो समयको आशा गरिएका गायिका कमला पोखरेल र गायक गैरेको स्वरमा रहेको गीतको लय संकलन कृष्ण गैरेले गरेका हुन् । विशाल मुभिज प्रालि मार्फत बजार व्यवस्थापन गरिएको गीतको शब्द भने संकलन हुम गैरे कै रहेको छ । युवा पुस्ताका मायाँलु जोडीहरुको प्रेम कथामा आधारित गीतको म्यूजिक भिडियोको निर्देशन अनि सम्पादन गैरेले नै गरेका छन् भने छायाकंन सागर गौतमको रहेको छ । गीतमा चर्चित मोडल आयुश्मा कार्की र गैरेको जिबन्त अभिनयलाई हेर्न सकिन्छ । २०६० साल देखि नेपाली गीत संगीतको बजारमा निरन्तर क्रियाशील रहेका गायक तथा सर्जक गैरेको यो पछिल्लो गीत ईतिहासले गीत संगीतको बजारमा सबैको मन जित्ने बिश्वास लिईएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update