Erani Mahal
माथागढी गाँउपालिकाद्वारा कर्मचारी र स्वास्थ्यकर्मीको कोरोना विमा
korona bima
बिकाश काफ्ले पाल्पा- माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,गाँउपालिकाको कर्मचारी र वडाका प्रतिनिधिहरूको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी र गाँउपालिकाको कर्मचारी वडाका प्रतिनिधिहरूको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो । कोरोना महामारीको बेला जोखिम मोलेर उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,गाँउपालिकाको कर्मचारी र वडाका प्रतिनिधिहरूको प्रति व्यक्ति एक लाख बराबरको कोरोना बीमा गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताउनु भयो । कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,गाँउपालिकाका कर्मचारी र वडाका प्रतिनिधिहरूको आत्मबल बढाउनका लागि गाउँपालिकाले कोरोना बीमा गरिदिएको अध्यक्ष थापाले जानकारी दिनु भयो। कोरोनाका कारण मृत्यु भइसकेको अवस्थामा उच्च मनोबलका साथ कोरोनासँग लड्नका लागि कोरोना बीमाले महत्वपूर्ण टेवा पुग्नेमा आफुहरु विश्वस्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताउनु भयो।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update