Erani Mahal
रिडीमा आइसोलेसन कक्ष बनाउन स्थानीय बासिन्दाकाे अबराेध !
FB_IMG_1591362619906-720x700
रिडी - रुरु गाउँपालिकाले रिडीस्थत एक विद्यालयमा आइसोलेसन कक्ष राख्ने भनेपछि स्थानीय बासिन्दा बिराेधमा उत्रिएका छन् । रिडिको बिष्णु पञ्जरको संस्कृत माबिको भवनमा आइसोलेसन कक्ष बनाउने भनेपछि स्थानीय बासिन्दाले आइसोलेसन बनाउने कार्यमा अबराेध गरेका हुन् । देशभर काेराेना महामारीलाइ नियन्त्रण गर्न र काेराेना संक्रमण समुदायमा फैलन नदिन स्थानीय बासिन्दा, सरकारी निकाय, संघसंस्था, व्यक्ति तथा व्यवसायीले सहयाेग गर्नुपर्ने भएपनि यहाँ भने यसकाे ठीक उल्टाे भएकाे छ । देशका केही स्थानमा मानिसले व्यक्तिगत रूपमा संक्रमित व्यक्तिलाइ खाना खुवाएर, क्वारेन्टाइनका लागि फर्निचर र अन्य सहयाेग गरेर काेराेना नियन्त्रणमा सहयाेग गरेपनि रिडीमा भने काेराेना नियन्त्रणका लागि सहयाेग नगर्ने गतिबिधि देखिएकाे छ । त्यसस्थानमा बिराेध भएपछि रिडीकै रातामातास्थित संस्कृत क्याम्पसमा आइसोलेसन बनाउने निर्णय भएपनि त्यहाँ समेत स्थानीय बासिन्दाले बिराेध गर्दै आएका छन् । स्थानीय केही समूहले उग्रता प्रदर्शन गर्दै भवनमा तालाबन्दी समेत गरेका छन् । उनीहरूले गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पन्तकाे टाेलीलाइ समेत अबराेध गरेका थिए । स्थानीय बासिन्दाकाे उग्रताले वडा कार्यालयमा जनप्रतिनिधिलाइ समेत बैठक बस्न नदिएकाे स्राेतले जनाएकाे छ । उनीहरूले वडा कार्यालयमै घेराउ गरेका थिए । यसले रिडीका मानिस काेराेना संक्रमित भए कहाँ राख्ने, उपचार कसरी गर्ने भन्ने समस्या उत्पन्न भएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update