Erani Mahal
गलकोटमा क्वारेन्टाइनमा रहेकालाइ मनोवैज्ञानिक परामर्श
101090413_532435617435161_34910391830052864_n
थम्मन थापा बागलुङ - गलकोट नगरपालिकाको विभिन्न वडामा क्वारेन्टाइनमा रहेका नागरिकहरुको लागि मनो वैज्ञानिक परामर्श दिइएको छ । वडा नम्बर १ दुदिलाभाटी स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका १८ जना, वडा नम्बर २ नरेठाटी स्थित स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनका १३ जना, वडा नम्बर ३ हटिया स्थित गलकोट बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनका ८ जना र वडा नम्बर ४ स्थित खरूवा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका १४ जनालाई मनो वैज्ञानिक परामर्श दिइएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका नागरिकहरुको मनोविज्ञान, सरसफाई, स्वास्थ्य सुरक्षा र सकारात्मक सोचको वृद्धि गरि आत्मबल दरो बनाउन सहज भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको नगर उपप्रमुख काउचाले बताउनु भयो । मनोवैज्ञानिक परामर्श मनोवैज्ञानिक समर्थन नितु खड्का र स्वास्थ्यकर्मी शोभा काउचा मगरले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी, वडा नम्बर १ का वडा अध्यक्ष नेत्र बुढाथोकी, वडा नम्बर ३ का वडा अध्यक्ष वीरगंज भण्डारी, वडा सदस्य झहर बहादुर खत्रीको उपस्थिति रहेको थियो । मनोवैज्ञानिक परामर्श कार्यक्रमले आफूहरुलाई हौसला र आत्मबल वृद्धि भएको क्वारेन्टाइनमा रहेका नागरिकले प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update