Erani Mahal
गलकाेट मल्मका कृषकलाई मिनी हलो, प्लास्टिक टनेल र बीउबिजन प्रदान
IMG20200604134913
थम्मन थापा बागलुङ- गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा कृषकहरुलाई मिनी हलो (कल्टिभेटर), प्लास्टिक टनेल तथा बीउ विजन सामग्री वितरण गरिएको छ । गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को बजेट बाट नगर सँगको सहकार्यमा कृषकहरुलाई प्रोत्साहनको लागि उक्त सामग्री सहयोग गरिएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनुभयाे । सहयोग अन्तर्गत ५ वटा कृषि समूहलाई मिनी हलो कल्टीभेटर, प्लास्टिक टनेल, उन्नत जातको विउ–विजनहरु उपलब्ध गराइएको वडा अध्यक्ष थापाको भनाई छ । वडामा रहेका कृषकहरुलाई कृषि क्षेत्रमा सहजता होस र कृषि उत्पादनको क्षेत्रमा अब्बल बनाउँदै लैजान र कृषि क्षेत्रमा प्रोत्साहित गर्न उक्त सामग्रीहरु उपलब्ध गराईएको कृषि तथा पशु विकास समिति गलकोट नगरपालिका वडा नं ७ का अधक्ष्य पिताम्बर गौतमले बताउनु भयो । वडा भित्रका १४ वटा कृषि समूह सहित अन्य कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ बिजन, प्लास्टिक टनेल र मिनी हलो कल्टीभेटर प्रदान गरिएको समितिका सचिव रत्न बहादुर मल्लले जानकारी दिनुभयो । कृषकहरुलाई उक्त सामग्री उपलब्ध गराउन ६ लाख रुपैयाँ खर्च गरिएको सचिव मल्लले। बताउनु भयो । उपलब्ध सामग्रीले किसानहरुलाई बेमौसमी तरकारी उत्पादन गर्न तथा आधुनिक कृषि तर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । वडामा प्रत्येक वर्ष कृषकहरुलाई बीउबिजन, प्लास्टिक टनेल सहित मिनी हलो कल्टिभेटर वितरण गर्दै आएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा सदस्य लोक बहादुर थापाले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update