Erani Mahal
जन्मदिनकाे खर्च कटाएर  अग्नि पीडितलाइ खाद्यान्न  सहयोग
सहयाेग
थम्मन थापा बागलुङ- गलकोट नगरपालिका वडा नं ७ मल्म फलाटेका एक युवाले जन्मदिनको अवसरमा राहत सामग्री सहयोग गर्नुभएकाे छ । जापानको ओसाकामा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी सिवु थापा (लछु) ले नगद रु २५ हजारको खाद्यान्न सहित विभिन्न सामग्री सहयोग गर्नु भएकाे हाे । उहाँले मल्म सिरबारेका अग्नि पीडित जुक्त बहादुर खड्काको परिवारलाई नगद रु १० हजारको सामग्री सहयोग गरेको गलकोट नगरपालिका ७ का वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयाे । आपतको बेला थोरै भए पनि राहत होस भनी आफूले सहयोग गरेको सहयोगी थापाले बताउनुभयाे । त्यस्तै सहयोगदाता थापाले १ हप्ता पहिले साउदी अरबमा निधन भएका मल्म आरान टोलका लक्षुमण सुनारको परिवारलाई पनि नगद रु १० हजार बराबरको खाद्यान्न सामग्री चामल, दाल, नुन, तेल, साबुन सहित विभिन्न सामग्रीहरू सहयोग उपलब्ध गराउनुभएकाे थियाे । उहाँले लामो समय देखि थापा जापानमा रेस्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकाे छ । गलकोट समाज जापान क्षेत्रिय समिति कान्साईका अध्यक्ष र सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष समेत रहेका थापा पहिले देखि नै विभिन्न सामाजिक गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आउनुभएकाे छ । थापाले जनहित माध्यमिक विद्यालय मल्मको क्वारेन्टाइनमा रहेका ६ जनालाई समेत नगद रु ५ हजारको खाद्यान्न सहयोग गरेका छन् । राहत सहयोग हस्तान्तरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी लगाएकाे उपस्थिति रहेकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update