Erani Mahal
पाल्पामा आइसोलेसन कक्षमा मृत्यू भएका पुरुषको शव व्यवस्थापन भएन
eee
पाल्पा – तीनदिन अघि मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यू भएका पुरुषको शव व्यवस्थापन हुन सकेको छैन । कारोना भाइरस संक्रमणको आशंकामा आइसोलेशन कक्षमा उपचारत पूर्वखोला गाउँपालिका १ सिलुवाका ४० वर्षिय पुरुषको तीन दिन अघि मृत्यू भएको थियो । कारोना संक्रमण भए नभएको सम्बन्धमा स्वाव परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको भएता पनि स्वाव परीक्षणमा ढिलाई भएको छ । जसको कारण उनको शव व्यवस्थापन हुन नसकेको हो । मिसन अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले समयमै कोरोना परीक्षण हुन नसक्दा मृतकको शव व्यवस्थापन हुन नसकेको रानीमलहलाई बताउनुभयो । उहाँले कोरोनाको आशंकामा उपचाररत व्यक्तिको मृत्यू भएमा संक्रमितको जस्तै शव व्यवस्थापन जिल्ला स्थित कोरोना संकट व्यवस्थापन केन्द्रले गर्नुपर्ने भएपनि हालसम्म केही नभएको बताउनुभयो । तर जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले भने पिसिआर रिपोर्ट आउन ढिलाई भएको र रिपोर्ट आएपछि सोही अनुसार मृतकको शवको व्यवस्थापन हुने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update