Erani Mahal
गृहले गर्‍यो  पाल्पा सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा
Capture
काठमाडौं । गृह मन्त्रालयले पाल्पा सहित १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो । सोमबार प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सरुवा गरिएका सीडीओ मध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु छन् । केहीलाई कार्यसम्पादनको आधारमा पनि परिवर्तन गरिएको गृह स्रोतले जनाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाइ गृह मन्त्रालय र पाल्पामा प्रजिअकाे रुपमा सुर्खेतका प्रजिअ रमेश न्याैपाने आउनुहुने भएकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update