Erani Mahal
पाल्पाका काेराेना संक्रमित तीनै जना एक साताअघि भारतबाट फर्किएका थिए
1585316796corona-test-lab
पाल्पा – पाल्पाको रैनादेवी छहराका दुई र माथागढी गाउँपालिकाका एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टी भएका व्यक्तिहरू एक साताअघि भारतबाट आएको खुलेको छ । भारतबाट सुनौली नाका हुँदै जेठ ११ गते संक्रमित व्यक्तिहरू पाल्पा आएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । संक्रमित व्यक्तिहरू तीनै जना पुरुष रहेका छन् । रैनादेवी छहराका ३८ र ४० वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । यस्तै माथागढी गाउँपालिका स्थायी घर भएका संक्रमित पुरुष १८ वर्षका रहेको उहाँले जानकारी दिनुभयाे । [caption id="attachment_9656" align="alignnone" width="1000"] सांकेतिक तस्विर : गुगल ।[/caption] संक्रमित तीनै जना भारतबाट फर्किएपछि गाउँपालिकाले बनाएको क्वारेन्टाइनमै रहेका छन् । संक्रमित तीनै जनालाई तानसेनस्थित मिसन अस्पताल नजिकै रहेको बृद्धाश्रममा तयार गरिएको आइसोलेनमा राख्ने तयारी गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update