Erani Mahal
पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ
korona-
पाल्पा - पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा काेराेना पाेजेटिभ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ । उनीहरुकाे पिसीआर परीक्षणका क्रममा पाेजेटिभ देखिएकाे हाे । उनीहरुलाइ तानसेनमा निर्माण गरिएकाे आइसाेलेशन सेन्टरमा राख्ने तयारी भइरहेकाे छ । कोरोना संक्रमण भएका तीनै जनालाई तानसेनस्थित आइसोलेसनमा ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update