Erani Mahal
लकडाउन पछि निस्दी गाउँपालिकामा भारतबाट  १ सय २१ जना आए
pp
पाल्पा । निस्दी गाउँपालिकामा भारतबाट हालसम्म १ सय २१ जना नागरिक भित्रिएका छन । रोजगारीको सिलसिलामा छिमेकी राष्ट्र भारतमा गाएका नागरिक यतिबेला धमाधम घर फर्केका छन। शुक्रवार थप २५ जनालाई उद्दार गरेको छ। सुनौली नाकाबाट नेपाल छिरेका उनीहरुलाई तानसेन स्थित होल्डिङ क्वारेन्टाइनमा १ दिन राखेर निस्दी ल्याएको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । गल्धाका २ जना , अर्चलेका ६ जना र बाकामलाङका १७ जनालाई बाकामलाङ स्थित वुद्दि विकास प्राथमिक विद्यालयको क्वारेन्टाइनमा राखेको वडा नम्बर १ बाकामलाङका वडा अध्यक्ष पुर्ण बहादुर खाँणले बताउनुभयो । हाल निस्दीमा भारतबाट आएकाहरु मध्ये गौरीशंकर माध्यमिक विद्यालय मित्यालको क्वारेन्टाइनमा २ जना , आंशुवार्मा माध्यमिक विद्यालय सहलकोटमा २० जना , सरस्वती माध्यमिक विद्यालय गल्धामा २९ जना , लक्ष्मी माध्यमिक विद्यालय झिरुबासमा ३३ जना र बुद्धि विकास प्राथमिक विद्यालय बाकामलाङको क्वारेन्टाइनमा ३७ जना रहेको निस्दी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । कोरोना रोग जोखिम न्यूनीकरणका लागि निस्दीले छिमेकी राष्ट्र भारतबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्दै आएको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update