Erani Mahal
सिमा नाकामा अलपत्र परेका पाल्पालीकाे निरन्तर उद्धार गरिदैँ
yt
पाल्पा - पूर्वखोला गाउँपालिका पाल्पाले लकडाउनमा भारतको रहेका नागरिकहरुलाइ उद्धार कार्य जारी राखेकाे छ । पालिकाले सुनौली नाकाबाट डाइरेक्ट र पाल्पाको होल्डिङ कोरन्टाइनको माध्यमबाट जिल्लाको संगको सहकार्यमा पालिकाले भारमा रहेका नगरिकहरुलाइ उद्धार कार्य जारी राखेको गाउँपालिकाका अध्यक्ष नुन बाहादुर थापाले जानकारी दिनुभयाे । गाउँपालिकाले पालिका भरी हालसम्म ५०० क्वरन्टाइन निर्माण गरेको छ । अहिले पालिका भरिमा जम्मा ७५ जना क्वारन्टाइनमा राखिएको छ भने ८५ जनाकाे सुनौली नाकाबाट शुक्रबार उद्धार भइरहेकाे छ । योसंगै पालिका भरी जम्मा १६० को उद्धार गरिने गाउँपालिका प्रवक्ता तथा वडा न २ का वडा अध्यक्ष निर बहादुर सारुले जानकारी दिनुभयाे । पालिकाले एउटा बसबाट उद्धार गरिरेको छ र थप बलेरो जिप समेत प्रयोग गरेर उद्धार गर्ने प्रवकता सारुले बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पक्षाइले गाउँपालिकाले स्वास्थ्य कर्मचारी, जन प्रतिनिधी, महिला स्वास्थ्य संयमसेविका, पालिका कर्मचारीहरूलाइ १ लाख बराबरको कोरोना विमा गर्ने निर्णय गरेको जानाकारी गराउनुभयो । भारतबाट ठूलाे संख्यामा नेपालीहरु भित्रिएपछि भने गाउँमा त्रास उत्पन्न भएकाे छ । यद्यपी गाउँपालिकाले क्वारेन्टाइनमा राखेका सबैमाथि विशेष निगरानी राखेकाे वडा नं. ६ का वडा अध्यक्ष मन बहादुर सारुले बताउनुभयो । क्वारन्टाइनमा रहने हरुको दैनिकी स्वास्थ्य, जाँच गरेको गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकाले जानकारी दिनुभयाे । क्वारेन्टाइनमा उनीहरूलाइ १५ दिनसम्म राखिने ढकालले बताउनुभयाे । तानसेन नगरपालिकाले नाकाबाट हाेल्डिङ क्वारेन्टाइनमा ल्याएर गाउँपालिकामा पठाएकाे छ । रम्भा, निस्दी, रामपुर, माथागढी गाउँपालिकाले सुनाैली नाकामै सवारीसाधनमार्फत भारतबाट फर्किएका नागरिककाे उद्धार गरिरहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update