Erani Mahal
निस्दीका पत्रकारलाई पनि कोरोना बिमा
pp
पाल्पा - निस्दी गाउँपालिका,पाल्पाका पत्रकारहरुको कोरोना विमा गरिएको छ । गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुको अध्यक्षता बसेको बैठकले गाउँपालिकाका क्रियाशील ५ पत्रकारको कोरोना बिमा गरिएको प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण समाचार संकलनको क्रममा खटिने पत्रकारहरुको १ लाखको कोरोना बिमा गरिएको गाउँपालिका अध्यक्ष सारुले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो निस्दीका सम्पूर्ण जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको समेत कोरोना बिमा गरिएको बताउदै अहिले सम्म यस काममा खटिने सबै धन्यवादको पात्र हुनु भएको छ । यसैबीच बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, सडक निर्माण तथा मर्मतको लागि कामदार खटाउने निर्णय समेत भएको जानकारी गराउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update