Erani Mahal
भारतबाट फर्केका सिधैँ गाउँमा, कीट अभावले काेराेना परीक्षण भएन
pcr-palpa
पाल्पा – भारतबाट पाल्पा आएका मानिसहरूको कोरोना परीक्षण कीट अभावले रोकिएको छ । जिल्लामा कोरोना परीक्षणका लागि कीट अभाव भएपछि कोरोना संक्रमण जाँच हुन नसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कीट नभएपछि भारतबाट तानसेन बतासेडाँडास्थित होल्डिङ् क्वारेन्टाइनमा आएका मानिसलाई सिधैँ गाउँपालिका पठाइएको छ । पाल्पाबाट केही दिनअघिसम्म २७१ जनाको पीसीआर परीक्षण गर्न प्रदेशस्तरीय प्रयोगशालामा स्वाब पठाइएको छ । २७१ जनामध्ये हालसम्म ८० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । यस्तै ६२८ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । भारत लगायतका मुलुक र नेपालका विभिन्न स्थानबाट घरमा फर्किएका मानिसहरूको पीसीआर र आरडीटी परीक्षण रोकिएको न्यौपानेले बताउनुभयो । कीट अभाव भएपछि सरकारले नै कोरोना संक्रमणको लक्षण देखिएकाको मात्र आरडिटी र पीसीआर परीक्षण गर्ने नीति अघि सारेको छ । यसले पनि भारतबाट पाल्पाका विभिन्न गाउँमा फर्किएकाको कोरोना परीक्षण हुन सकेको छैन । तर कोरोना परीक्षणबिनै भारतबाट आएकालाई सिधैँ गाउँमा पठाउँदा कोरोना संक्रमणको जोखिम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update