Erani Mahal
पाल्पामा आगामी वर्षका लागि ३ अर्ब ६२ करोड ८२ लाख बजेट विनियोजन (कुन पालिकामा कति हेर्नुहोस् तथ्याङ्क)
ddad
पाल्पा– पाल्पामा आर्थिक वर्ष २०७७।०७८ का लागि ३ अर्ब ६२ करोडको बजेट विनियोजन भएको छ । दुई निर्वाचन क्षेत्र, ४ प्रदेश निर्वाचन क्षेत्र र १० पालिका र ८१ वडा रहेको पाल्पाको समग्र विकासका लागि अर्थमन्त्री युवराज खतिवडाले अन्तर सरकारी वित्तिय हस्तान्तरणका लागि जिल्लाका १० वटा स्थानीय तहलाई उक्त रकम विनियोजन गर्नुभएको हो । जस अन्तरर्गत समानीकरण अनुदानमा एक अर्व एक करोड ३४ लाख, ससर्त अनुदान २ अर्व ४३ करोड ४९ लाख, विशेष अनुदान १० करोड ५५ लाख र समपुरक अनुदान ७ करोड ४४ लाख गरी कुल ३ अर्ब ६२ करोड ८२ लाख रुपैंया विनियोजन गर्नुभएको हो । जस अन्तगर्त तानसेन नगरपालिकामा ५५ करोड ७४ लाख, रामपुर नगरपालिकामा ४३ करोड ५८ लाख, तिनाउँ गाउँपालिकामा २९ करोड ४७ लाख, निस्दी गाउँपालिकामा ३२ करोड ७८ लाख, पूर्वखोलामा २९ करोड ६८ लाख, बगनासकालीमा ३२ करोड ११ लाख, माथागढी गाउँपालिकामा ३६ करोड ३६ लाख, रम्भा गाउँपालिकामा २९ करोड ९ लाख, रिब्दीकोट गाउँपालिकामा ३२ करोड ७० लाख र रैनादेवी छहरा गाउँपालिकामा ४१ करोड ३१ लख विनियोजन गरिएको छ । हेर्नुहोस् कुन पालिकामा कति बजेट विनियोजन तथ्याङ्कमा (स्रोत अर्थमन्त्रालय)
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update