Erani Mahal
स्वाभिमानको एक इन्च झुक्नु हुन्न अब (कविता)
Shanti
शान्ति अर्याल अधिकारी सारा प्रमाण जुटाइ लिएर उठ सरकार कुर्सी कै मोहमा भुलेकालाई लिएर उठ सरकार आफ्नै भुमि नक्सा बाटै हराउदा पनि आँखा बन्द गर्नेहरु लाई लिएर उठ सरकार स्वाभिमान को एक इन्च झुक्नु हुन्न अब लिपुलेक र कालापानी लिएर उठ सरकार सुगौली सन्धि नमान्ने लाई चुनौति दिदै भाला र खुकुरी हातमा लिएर उठ सरकार हातमा हात साथमा साथ मिलाएर सबै जनता सारा माथमा लिएर उठ सरकार - बगनासकाली पाल्पा हाल लिस्बन, पोर्चुगलबाट
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update