Erani Mahal
रामपुर ६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
RER
पाल्पा– जिल्लाको रामपुर नगरपालिका वडा नं. ६ मा यस वर्षको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरुवात गरिएको छ । गणतन्त्र दिवशको अवसर पारेर रामपुर नगरपालिका सल्लाहकार तथा नेपाली काग्रेस पाल्पा जिल्ला उपसभापति देबराज ढकालले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रामपुर नगरपालिका वडा नं ६ र वडा नं ५ जोडने सिमले मोटरबाटोको नाली तथा बाटो मर्मत साथै पुल वरिपरि सफा गर्ने काम सुरु गरिएको वडा अध्यक्ष हुमनाथ न्यौपानले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update