Erani Mahal
तानसेन कैलाशनगर महिला टोल विकासद्वारा राहत प्रदान
kailas rahat
पाल्पा– तानसेन ५ कैलाशनगरमा रहेको कैलाशनगर महिला टोल बिकास संस्थाद्वारा विहिवार विपन्न परिवारलाई राहत प्रदान गरेको छ । टोल विकास संस्थादे कैलाशनगरमा रहेका अति बिपन्न १६ घरपरिवारलाई राहत बितरण गरेको स्थानीय युवा अर्जुन कार्कीले रानीमहललाई जानकारी दिनुभयो । तानसेन नगरपालिकामा रहेका अरु पनि टोल बिकास संस्थाले यसै गरी राहत बितरण गर्नको लागि अनुरोध गर्दै अध्यक्ष इच्छा लिगलले कार्यक्रम समापन गर्नुभएको छ । राहत वितरणमा चाम ,तेल आलु र हरियो तरकारी वितरण गरिएको समूहका सचिव मालती पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update