- झपेन्द्र बहादुर जिसी
नेपालीलाई जो भन्छ अछुत त्यो होइन नेपाली
हुँदैन राम्रो समाज हाम्रो छोइछिटो नफाली
नेपाली थर नेपाल घर सबै हौं नेपाली
हिमाल पहाड मैदान तराई बसेका नेपाली
हितङ्गा पृथी घिमिरे खनाल सबै हौँ नेपाली
बालो र फालो बनाउने साँचो साँचो हो नेपाली
नेपालीलाई----------=-=
धजा र चँदुवा बुट्जुत्ता सिउने सबै हौँ नेपाली
बोटे र भोटे डोम र पासी लिम्बू र थकाली
शेर्पा र लेप्चा मगर थारू फँटेली लेकाली
उँच र निच मान्दैन जसलेत्यही हो नेपाली
नेपालीलाई--------------
थर र गोत्र भिन्नता होला साझा नाउँ नेपाली
सँस्कृति धर्म बिबिध होला सबै हौँ नेपाली
सर्बोच्च हिमाल सगरमाथा शिरका नेपाली
थिएन पहिले हुँदैन अहिले अछुत नेपाली
नेपालीलाई--------------
शिबका सन्तान बुध्दका जहान हामी हौँ नेपाली
यो चोखो भूमि पबित्र भूमि जन्मेका नेपाली
पबित्र जल साग र सिस्नो खाएका नेपाली
कसरी हुन्छअछुत भन???चोखा छौँ नेपाली
नेपालीलाई---------------------
जातका नाउँमा धर्मका नाउँमा नेपाली फुटाली
भाँड र भैलो जसले गर्छ त्यो होइन नेपाली
सर्बोच्च मानव अछुत हुन्न सर्बोच्च नेपाली
सभ्यता नौलो निर्माण गरौँ ढिला भो नेपाली !
नेपालीलाई------------------
मदनपाेखरा पाल्पा ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७ १०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय