Erani Mahal
गलकोटका अग्नि पीडित खड्कालाई सहयोग
Galkot
थम्मन थापा बागलुङ - गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेका अग्नि पीडित जुक्त बहादुर खड्काको परिवारलाई न्यू नवज्योति युवा क्लव आगाँखेत बामियाले राहत प्रदान गरेको छ । बुधवार खड्का निवासमा पुगेका क्लवका पदाधिकारीहरुले संस्थाको तर्फ बाट नगद रु १० हजार बराबरको भाँडाकुँडा, मोवाइल सेट सहित नगद सहयोग गरेको क्लवका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभयो । क्लवले आगोलागी बाट क्षतिग्रस्त खड्काको घरलाई युवाहरुको सक्रियतामा व्यवस्थापन गर्ने कार्य समेत सम्पन्न गरएको महासचिव रुद्र केसीले बताउनु भयो । त्यस्तै अग्नि पिडित खड्कालाई नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले भाँडाकुँडा, त्रिपाल, लत्ताकपडा हस्तान्तरण गरेको बताइएको छ । आगोलागी पिडित खड्कालाई लायन्स क्लव अफ बागलुङ शाखाले नगद रु ५ हजार, मल्म पिपलडाँडा निवासी समाजसेवी हरिदत्त गौतमले नगद रु १० हजार बराबरको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा निवासमै पुगेर सहयोग गर्नु भएको छ । यता बुटवल दीप नगर निवासी महिला समाजसेवी हरी साहानिले नगद रु ५ हजार बराबरको भाँडाकुँडा, मुलपानी सप्ताहघाट महिला समुह मल्म खोलापारीले रु ५ हजार, सुन्तलारुख निवासी समाजसेवी कर्ण बहादुर थापाले नगद रु ५ हजार, मल्म आगाँखेत निवासी युवा व्यवसायी दाजुभाई बाबुराम केसी र सुरेन्द्र केसीले नगद रु ५/५ हजार सहित नेपाल रेडक्रस सोसाइटी मल्म काँडेबास उपशाखाले नगद रु ५ हजार सहयोग प्रदान गरिएको सभापति डोल बहादुर केसीले जानकारी दिनुभयो । खड्कालाई नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका अध्यक्ष जब्बर बहादुर लामिछानेले रु २ हजार, मल्म आगाँखेत निवासी युवा व्यवसायी टेकनाथ गौतमले रु २ हजार सहयोग गरेको अग्नि पीडित खड्काका छोरा बम बहादुर खड्काले बताउनु भयो । खड्काको घरमा गत जेठ ११ गते दिउँसो अकस्मात आगोलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । घर जले पछि अहिले खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update