Erani Mahal
रिव्दीकोट गाउँपालिकाद्वारा किसानको अर्गानिक तरकारीको बजारीकरण
Ribdikot
पाल्पा, रिब्दीकोट गाउँपालिका पाल्पाले किसानको बारीमा उत्पादित तरकारी खरिद गरी बजारको व्यस्थापन मिलाइदिएको छ । गाउँपालिकाका विभिन्न गाउँमा उत्पादित तरकारी खस्यौली, हार्थोक, भैरवस्थान, कुशुमखोला लगाएता स्थानमा विक्री वितरणको चाँजोपाँजो मिलाएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले रानीमहललाइ बताउनुभयो । किसानका उत्पादनहरु काँक्रो, बन्दा, सेमी, टमाटर, सिम्ली, धनियाँ लगाएतका उत्पादनहरुलाई गाउँपालिकाले बजारीकरणमा सहयोग गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले ढुवानीको व्यवस्थापन गरेर किसानका उत्पादनलाइ बजारीकरण गर्न सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार काँक्रो ४०, सिमी ३५, बन्दा ३५ रुपैंयामा उपभोक्तालाई वितरण गरिएको बताउनुभयो । साथै अन्य उत्पादन विक्री नभएर समस्या परेका किसानलाई समेत बजारीकरणका लागि समस्या भएमा गाउँपालिकाले सहयोग गर्ने र गाउँपालिकामा सम्पर्क गर्न समेत आग्रह गर्नुभयो । बजारीकरणका लागि गाउँपालिकाकाे कृषि विकास शाखाले सहयाेग गरेका छ । यस्तै गरी गाउँपालिकाले किसानलाइ उत्पादनमा अनुदान विउ ढुवानी लगाएतका सुविधाहरु दिएर कृषिमा लाग्न सहयाेग गरेकेा गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताउनुभयाे । उहाँका अनुसार विदेशबाट अाएका युवालाइ समेत ध्यानमा दिएर गाउँपालिकाले याेजना बनाएकाे बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update