Erani Mahal
भारतीय सीमामा अलपत्र नागरिक उद्दारमा पाल्पाको उदाहरणीय समन्वय
palpa_aipuge-simaka_nagarik
पाल्पा- कोरोना संक्रमणको जोखिमका बिच आफ्नो कर्तव्य सम्झदै रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा अहिले भारतबाट आउने पाल्पालीलाई व्यबस्थित तरिकाबाट ल्याउन लागिपर्नु भएको छ । पाल्पामा एकद्वार प्रणालीबाट भारतबाट आउने पाल्पालीलाई ल्याइने व्यबस्थामा थापाको भुमिका मुख्य छ । आफ्नो जन्मथलो पाल्पा तथा नेपालका सबै प्रदेश र जिल्लामा समन्वय गर्दै आउनुभएका दिल्लीमा रहनुभएका युवा सन्दिप राना संग समन्वय पछि पाल्पा सुरक्षा समितिको एकद्वार प्रणाली अन्तर्गत जिल्लाका नगरपालिका र सबै गाउपालिकाले उहाँ संग सम्पर्क गरेर भारतमा हुने नेपालीलाई अफ्ठ्यारोमा सहज बनाउन भुमिका खेलेका छन् । यसले पाल्पामा आउन चाहनेलाई ल्याउन र नियमपुर्वक राख्न सहज हुँदै गएको छ । विभिन्न सिमा नाकामा आइपुगेका, आउन चाहनेलाई भारत र नेपालको प्रदेश सरकार, प्रहरी, प्रशासन संग समन्वय गरेर ल्याउने, लकडाउनमा त्यही बस्न चाहने तर खाद्यान्न असहज भएका नेपालीलाई महिना भरलाई पुग्ने खाद्यान्न उपलब्ध गराउने काममा रानाको संयोजकत्वमा दिल्लीमा रहेको टिमले गरेको छ। कोरोना संक्रमणको संख्या नेपालमा बढ्दै जादा पुर्वदेखि पश्चिमका सिमानाकाबाट भित्रिने नेपालीको संख्या ह्वात्तै बढेको छ । पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले कोरोना कहरका बाबजुद लकडाउन पुर्व काठमाडौबाट तत्काल रामपुर आउन चाहेका १ सय ६८ जनालाई ल्याई सचेतना सहित ज्वरो नापेर नगर प्रबेश गराउने, गाउघरमा पुगी बिदेशबाट आउनेको जानकारी, थर्मलगन, औषधि, सहित स्वास्थ्यकर्मी, प्रहरी, प्रशासन, जनप्रतिनिधि सहितको घुम्ती टोलीबाट अनुगमन, माइकिङ, जेष्ट नागरिकलाई घर गाउमा पुगेर औषधी बितरण, रामपुरमा २ चरण गरेर राहत बितरण, जन्मथलो रामपुर भएर कर्मथलो काठमाडौ बनाउनुभएकाहरुलाई राहत प्रदान गर्नुभयो । नजिकको सरकार स्थानिय सरकार यसैगरी कोरोना बिरुद्ध लाग्नुको बिकल्प छैन । अहिले भारतबाट आउने नेपालीलाई राख्न र कोहीलाई देखिएको खण्डमा उसलाई र परिवारलाई राख्न वडा-वडामा थप क्वारेन्टाइन बनाउने काममा नगरप्रमुखको टिम लागेको छ । भारतबाट नेपालीहरु आउने क्रम शुरु भएको छ । २ दिनमा १७६ जनालाई पाल्पा ल्याइएको छ । पाल्पाको होल्डिङ क्वारेन्टाइनमा राखेर चेकजाच गरेपछी मात्र स्थानिय तहमा लगिनेछ । PCR मा कोरोना पोजेटिभ आए आइसोलेसनमा जाने र नेगेटिभ आए आफ्नो पालिकाको क्वारेन्टाइनमा १४ दिन बस्नुपर्नेछ । शुक्रबार ३९ जनालाई सुनौली र त्यो भन्दा अघि पनि पाल्पाकै रामपुर, निस्दी, बगनासकाली, लगायतका नेपाली आइपुग्नुभएको थियो । पाल्पा होल्ड क्वारेन्टाइनमा राखिएकाको PCR गरि स्थानियतहले आ-आफ्नो पालिकामा लगेका छन् । रामपुर नगरपालिकाका २९ लाई सहिद बहुमुखी क्याम्पसमा, निस्दीका १९ जनालाई सहलकोट क्वारेन्टाइनमा राखिएको छ । जिल्ला सुरक्षा समितिमा दर्हो कुरा राख्दै गाउँ फर्कन चाहनेलाई व्यबस्थापन गरेर ल्याउन रामपुरका नगरप्रमुख रमण बहादुर थापा र जिल्लाका सबै पालिका लागि परेका छन् । भारतबाट आउनेलाई तानसेन सम्म एउटा गाडीले ल्याउनेछ त्यसपछी RDT /PCR जाँचको रिपोर्ट आएपछी मात्र तानसेनबाट पालिकाले आ- आफ्नो ठाउमा लानेछ्न् । यसको लागि भारतबाट सन्दीप रानाको टिम लागेको छ । उहाले पाल्पाली सहित नेपालका जुन सुकै जिल्लाका नागरिकलाई परेको अफ्ठेरोमा आफु तन, मन, धनबाट सहयोग गर्दै आउनुभएको छ । भारतको जुनसुकै क्षेत्रमा रहने नेपालीलाई खाद्यान्न, त्यही बस्न, विभिन्न जिल्ला र सिमामा अलपत्र भएकालाई गाँस बाँसको व्यबस्था र सुरक्षित नेपाल फर्काउन २ महिनादेखिको लगाब अनुकरणीय छ । पाल्पा जिल्लाका क्षेत्र नम्बर १ सहित जिल्लाका सबै जसो स्थानिय तहले भारतमा रहेका पाल्पालीलाई सम्पर्कमा आउन र समस्या परेको खण्डमा सो टिमको कन्ट्याकमा आउन (अन्त्यमा सम्पर्क न. उपलब्ध हुनेछ) अनुरोध गरेका छन् । दिल्लीमा रहेर पाल्पाली युवा नेता सन्दिप रानाको टिमले भारतमा रहेका सबै प्रवासी नेपालीलाई खाद्यान्न र स्थानिय प्रशासन, छिमेकका विद्यार्थी तथा साथीहरु संगको समन्वयमा आबश्यक सहयोग गर्दै आएको छ । साथै, -यस अघि भारतमा लकडाउनमा अलपत्र पर्ने काखे बच्चा सहितका ११ जना नेपालीलाई त्यहाको प्रशासन संग समन्वय गरि खान बस्न र सुरक्षित नेपाल पठाउन सफल । -भारतका विभिन्न क्षेत्रमा करिब २ महिनादेखि क्वारेन्टीन रहेर समस्या झेलीरहेका करिब ८०० नेपालीलाई २ हप्ता अघि युवा नेता सन्दीप राना र अखिल भारत नेपाली एकता मञ्चका सचिव आर.बी. खड्काको पहलमा भारतका विभिन्न ठाउमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता पठाइएको ।उत्तर प्रदेशको रामपुरदेखि गौरीफण्टासम्म विभिन्न क्वारेन्टिनमा रहेका उनीहरु जोगबनी, सुनौली, नौतुनवा र गौरीफण्टा नाकाबाट नेपाल प्रबेश । - पछिल्लो समय दैनिक हजार/ दुई हजार बढी नागरिकलाई नेपाल पठाउन पहल । - पछिल्ला केही दिन यता ५००० बढी नेपाली यी नाका हुँदै नेपाल प्रबेशमा समन्वय । भारतमा समस्यामा परेका पाल्पाली तथा नेपालीहरुले उहाँहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ । भारतकाे लागि:- संदिप राना दिल्ली ९१९९७१४५५५५५ बिजयराज घिमिरे दिल्ली ९१८८८२९६४७२२ पदम तिवारी दिल्ली ९१९६६७३७४५९९ कमलराज शाही बंशी ९१९९५३४६३४९० सबिन गाैतम ९१०८५६९९८२५६ नोट: भारतमा झण्डै एक दशकदेखि अध्ययनको सिलसिलामा रहनुभएका विद्यार्थी युवा नेता तथा बिपि चिन्तन प्रतिष्ठानका अन्तर्राष्ट्रिय अध्यक्ष समेत रहनु भएका सन्दिप राना र उहाको टिम दिल्लीमा कोरोनाको कहरका बिच हजारौ नागरिकलाई आफैले धर्म र कर्म सम्झेर अफ्ठेरोमा साथ र सहयोग गर्दै आउनुभएको छ । जबजब नेपालमा समस्या आउँछ तब तब राना जि ले नेपाल र भारतमा रहेका नेपालीलाई महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ । बिगतको २०७२ सालको भुकम्प, भारतले नाकाबन्दी गर्दा, मजदुर आन्दोलन, रासायनिक मलको अभाब सिर्जनाका बखत उहाले भारत सरकार, प्रदेशका मुख्यमन्त्री देखि स्थानिय प्रशासन, उच्च अधिकारीसंग छलफल, बहसबाट समस्या समाधान र नेपालीको हितमा काम गर्दै आउनुभएको छ । भारतमा रहने नेपालीहरुले समस्या भारतमा मात्र होइन नेपालमा पनि बढ्दै गएको छ । तथापि मर्यादित र पलपलमा संयमतापुर्वक रहनुहुन अनुरोध छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update