Erani Mahal
निस्दी गाउँपालिकाले  भारतबाट आएका २० जनालाई उद्दार
NISDI
पाल्पा- निस्दी गाउँपालिकाले भारतबाट आएका २० जनालाई उद्दार गरेको छ। निस्दी गाउँपालिकाको वडा नम्बर १ बाकामलाङका ५ जना र वडा नम्बर २ सहलकोटका १५ जनालाई आंशुबार्मा मावि सहलकोटको क्वारेन्टाइनमा राखेको छ। सुनौली नाकाबाट नेपाल भित्रिएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनमा तयार परेको होल्डीङ क्वारेन्टाइनमा एक दिन राखेर पालिकाले गाडीको व्यवस्था गरेर शनिबार ल्याएको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । पछिल्लो समयमा निस्दीले भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नको लागि प्रत्येक वडामा क्वारेन्टाइन व्यवस्थापन गरिदै छ। यसैबीच निस्दी ४ मित्यालले भारतबाट आएकालाई राख्नको लागि मित्याल आधारभूत विद्यालयमा २५ बेडको क्वारेन्टाइन तयार परेको वडा सदस्य रन बहादुर गाहाले बताउनुभयो । क्वारेन्टाइन व्यवस्थापन गर्नको लागि त्यहाँका स्थानीय युवाले सहयोग गरेका छन ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update