Erani Mahal
पचास प्रतिशत अनुदानमा रामपुर १ मा ५०  घार मौरी वितरण
mauri
पाल्पा-एक वडा एक उत्पादनमा मौरीपालनलाई प्राथमिकता दिएको रामपुर नगरपालिका १ ले टोलटोलमा पुगेर किसानलाई मौरी सहितको घार बितरण गरेको छ । डाडाभाग धेरै रहेको यस वडामा मौरीपालन व्यबसाय उपयुक्त हुने प्राबिधिकको सल्लाह र जनप्रतिनिधिको समन्वयमा व्यबसायिक मौरीपालन गर्ने निर्णय कार्यपालिकाबाट गरेको थियो । रामपुर नगरपालिकाको समन्वयमा वडा कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा गोला सहितको मौरीको घार वितरण गरेको हो । मागको आधारमा वडा कार्यालयले वडाका ४६ जना किसानलाई मौरी सहितको ५० घार वितरण गरेको वडा अध्यक्ष मित्रलाल कडेलले बताउनुभयो । वडा अध्यक्ष कंडेल सहित नगरपालिकाका कृषि शाखाको एक टोली लकडाउनको बिच टोल, गाउघरमा पुगेर घार वितरण गरेको हो । घार पाएर खुशी भएका किसानलाई रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय र कृषि प्राविधिक सुशिल अधिकारीले प्राविधिक ज्ञान बारेमा जानकारी दिनुभएको थियो । वडाले ८ हजार रुपैयाँ बराबरको घार पचास प्रतिशत अनुदानमा प्रदान गरेको हो । साथै टोल अनुसार कृषकहरुलाई ५/५ वटा मौरीघार टोपी र पञ्जा वितरण गरेको छ। वडा अध्यक्ष कंडेलले मौरीघारसंगै कागती खेतीको लागि कागतिको बिरुवा बितरण गर्ने प्रक्रियामा रहेको बताउनुभयो । जसको लागि वडाले ४ लाख १० हजार रकम विनियोजन गरेको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update