Erani Mahal
तानसेनका समाजसेवी एवम् काँग्रेस नगरका पूर्व सभापति शाक्यको निधन
chakorman
पाल्पा–तानसेनका समाजसेवी एवम् नेपाली काँग्रेस तानसेन नगरका पूर्व सभापति चकोरमान शाक्यको शनिवार विहान निधन भएको छ । विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय शाक्यको काठमाण्डौंमा उपचारको क्रममा शनिवार उपाचारको क्रममा निधन भएको हो । पाल्पा तानसेन टक्सार टोल निवासी नेपाली काँग्रेसका नेता, महेन्द्र वोधी माध्यमिक विद्यालयका पूर्व अध्यक्ष, ज्ञानमाला सभा महाचैत्य विहारका प्रमुख सल्लाहकार, नेपाल नेत्र ज्योति संघ पाल्पाका अध्यक्ष, तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष, पाल्पा टेक्निकल कलेजका अध्यक्ष, पाल्पा आवासिय माविका अध्यक्ष, पाल्पा उध्योग बाणिज्य संघका पूर्ब अध्यक्ष एवं ने.उ.बा.महासंघका पूर्ब केन्द्रिय सदस्य पाल्पाको समाजिक र राजनीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व रुपमा रहनुभएको थियो । काठमाडौंमा ७८ वर्षको उमेरमा निधन भएको हो । उहाँका छोरा पृयदर्शन शाक्यको पनि गत वर्ष हृदयघातका कारण निधन भएपछि शाक्य शोकमा रहनुभएको थियो । शाक्यको निधनप्रति नेपाली काँग्रेस पाल्पा, तानसेन नगरसमिति, तानसेन खानेपानी उपभोक्ता समिति, लायन्स आँखा अस्पताल पाल्पा उध्योग बाणिज्य संघ लगाएतका विभिन्न संघ संस्था र व्यक्तित्वहरुले विज्ञप्ती र सामाजिक संजालमार्फत समवेदना व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update