Erani Mahal
नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ७ पुग्याे
covid-19-test
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ। जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो । यस्तै, बाँकेमा १४ जना संक्रमित थपिएका छन्। उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरू छन् । उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update