Erani Mahal
प्रदेश सांसद खनालद्वारा राहत कोषमा सहयोग
Yubraj Khanal
पाल्पा- प्रदेश नम्बर ५ पाल्पा क्षेत्र नम्बर १ का सांसद युवराज खनालले पाल्पाका ३ स्थानिय तहलाई कोरोना बिपद् व्यबस्थापन कोषमा नगद सहयोग गर्नुभएको छ । सांसद खनालले कोरोना भाइरस अर्थात कोभिड–१९ को महामारीमा विपन्न, अतिविपन्न, श्रमजिवी नागरिक मर्कामा परेकोले उनीहरुलाई राहत उपलब्ध गराउन निर्माण गरिएका क्षेत्र नम्बर १ अन्तरगतका ३ स्थानिय तहको विपद् व्यवस्थापन कोषमा रकम सहयोग गर्नुभएको हो । सांसद खनालले जिल्लाको आफ्नो निर्वाचन क्षेत्रनम्बर एकका रामपुर नगरपालिका, निस्दी र पुर्वखोला गाउँपालिकालाई ३१ /३१ हजार रुपैयाका दरले सहयोग गर्नुभएको हो । सांसद खनालले रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापालाई चेक हस्तान्तरण गर्दै दुखमा रहेका नागरिकलाई गासको व्यवस्था गर्न स्थानिय तहको एक द्दार प्रणालीबाट सहयोग गरेको बताउनुभयो । आफ्नो सेवा सुविधाको रकम प्रदान गरेको बताउदै यसको सहि सदुपयोग गर्न रामपुर नगरपाालिकाका नगरप्रमुख रमणबहादुर थापालाई उहाले अनुरोध गर्नुभयो । उहाँले प्रदेश सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन स्थानिय तहसँग हातेपालो गरेर अगाडी बढेको स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update