Erani Mahal
पाल्पाका ३६ जना पत्रकारहरुको कोरोना आरडिटि चेकजाँच
Korona FNJ
पाल्पा, जिल्लामा रहेका ३६ जना क्रियाशिल पत्रकारहरुको कोरोना भाइरस सम्बन्धि पहिलो चरणको परीक्षण आरडिटि चेकजाँच गरिएकाे छ । जिल्ला सिसिएमसिको निर्णय र नेपाल पत्रकार महासंघ पाल्पा शाखाको सिफारिसमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले पहिलो चरणमा ३६ जना पत्रकारको आरडिटि परीक्षण गरिएकाे पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार आर्यालले बताउनुभयो । अर्यालका अनुसार पहिलो चरणमा ३६ जना पत्रकारको आरडिटि परीक्षण गरिएकाे बताउनुभयो, उहाँले जस्तोसुकै संवेदनशील अवस्थामा समेत पत्रकारले आफ्नो भूमिका निर्वाह गरिरहेकाले उनीहरुलाई समेत संक्रमण हुन सक्ने भएकाले आरडिटी परीक्षण गरिएकाे र सहयाेग गर्ने सबैमा धन्यवाद दिनुभयाे । पहिलो चरणमा कार्यसमितिका ११ जना, सल्लाहकार ४ जना, राष्टिय मिडियामा आबद्ध ७ जना, प्रदेश स्तरका मिडियाका २ जना र स्थानीय मिडियाका ११ जना गरी ३६ जनाको परीक्षण गरिएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update