Erani Mahal
तानसेन बन्दिपोखरामा दैनिक ज्यालादारी गर्नेलाई वडाले दियाे काम
Ban 1
पाल्पा, कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न सरकारले लकडाउन गरी आवागमन बन्दगरेपछि अलपत्र परेको दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई तानसेन नगरपालिका वडा नं. ११ ले काम दिएको छ । वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेका अनुसार दैनिक ज्यालामजदुरी गरेर जीबिको पार्जन गर्दै आएका तानसेन बन्दिपोखरा बासिहरू दैनिक ज्यालादारीमा बाटो खन्ने काममा जुटेका छन् । नगरपालिकाको कोरोना राहतकोष र वडा स्तरीय बजेटबाट भुक्तानी गर्नेगरी हाल १ सय २० जना मजदुरहरूले कुडापनी र पातिखरक खण्डमा सडक सुधार, बिस्तार गर्ने कार्य गरीरहेका छन् । बन्दाबन्दीले काम नपाएर अलपत्र रहेको अवस्थामा वडाले कामसँगै दाम पनि दिनेगरी काम गर्न पाउँदा स्थानीयहरु उत्साहित समेत भएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update