Erani Mahal
माथागढीमा वडा अनुसारमा २५-२५ बेडको क्वारेन्टाईन बनाइने
lmc
रमेश राना पाल्पा- पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले हरेक वडा अनुसारमा २५-२५ बेडको क्वारेन्टाईन थप गर्ने भएको छ। नोबेल कोरोना भाइरसले विश्वमा हरेक मानवीय दिनचर्यालाई नै तहसनहस पारिरहेको अवस्थामा विविध राष्ट्रले यससँग जुध्न विकल्प खोजिरहेकै छ । सोही अनुसार पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले पनि जिल्ला बाहिरबाट मानिसहरु आउन सक्ने संभावनालाई मध्येनजर राखी हरेक वडामा क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । साथै माथागढी गाउँकार्यपालिकाको बैठकले विपद्को अवस्थामा अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने समेतका निर्णय गरेको माथगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update