Erani Mahal
हुम गैरेकाे देश भक्ती गीत कालापानि हाम्रै हो,नालापानी हाम्रै हो
Kak
पाल्पा- बिशाल मुभिज प्रा.लि. मार्फत लोकप्रिय गायक अनि सर्जक हुम गैरे प्रस्तुतीमा भारतीय अतिक्रमणको बिरुद्धमा देश भक्ती गीत कालापानि हाम्रै हो,नालापानी हाम्रै हो बजारमा आएको छ । पछिल्लो समय भारतले नेपालका बिभिन्न भु भागहरुमा अतिक्रमण गरी रहेको छ यही सन्दर्भमा भारतीय बिस्तारबादको बिरुद्धमा खबरदारी गर्ने हेतुले यो गीत बजारमा ल्याएको गायक,सर्जक गैरे बताउँछन् । गायक गैरे कै लय,शब्द अनि निर्देशन रहेको गीतलाई रबिन्द्र खड्काले खिचेका हुन् । नेपाली गीत संगीतको बजारमा धेरैको मन जित्ने बिश्वास गरिएको देशभक्ति गीत कालापानी चर्चामा आउने बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update