Erani Mahal
एकिकृत कृषि फार्ममा रमाउँदै पाल्पाका आदिवासी जनजाति अगुवा गमबहादुर थापा
ga m
पाल्पा– आफ्नो जिन्दगीको उर्वर समय नेपालको आदिवासी र जनजातिको हकहित र अधिकार प्राप्तिमा खर्चिनु भएका पाल्पाली आदिवासी जनजाति अगुवा गमबहादुर थापा अहिले भने फरक काममा रमाउँदै हुनुहुन्छ । आदिवासी जनजातिको आन्दोलनकै क्रममा सरकारी जागिर वन कार्यालयको रेञ्जर, वडा सचिव, शिक्षण लगाएत सरकारी सेवा सुविधालाई छाडेर लामो समय समाजसेवामा लाग्नुभएका थापा अहिले भने नमुना एकिकृत कृषि र पशुपालनमा रमाउँदै हुनुहुन्छ । लकडाउनले देश बन्दाबन्दी रहेको अवस्थामा समेत उहाँको फार्ममा थापालाई अहिले काम गर्न भ्याइ नभ्याइ रहेको छ । पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवामा जन्मभई हाल तानसेन बसपार्कमा बसोवास गर्दै आउनु भएको थापाले जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङ्गधाराको गाप्टुङ्गमा नमुना कृषि तथा पशुपंक्षि फार्म संचालन गरिरहनु भएको छ । विगत एक वर्षदेखि स्थानीय केशरी रानाकाे अध्यक्षतामा वैधानिक रुपमा फार्म दर्ता गरेर उहाँले अहिले जीवनको रमाइलो क्षणहरुलाई पशुपालन र कृषिमा आवद्ध गराउनुभएको छ । २०७६ साल भदौमा फार्म दर्ता गरेर दुई जना संचालकको साथमा थापाले गाउँमा अहिले पशुपालन र कृषि पेशाको सुरुवात गर्नुभएको हो । नमुना कृषि तथा पशुपालन फार्मको प्रबन्ध निर्देशक समेत रहनुभएका थापाले फार्ममा बंगुर, कुखुरा, बाख्रा, हाँसका साथमा विभिन्न खालका मौसमी तथा बेमौसमी तरकारी र फलफुलको समेत विरुवाहरु लगाएको रानीमहलसँगको भेटमा बताउनुभयो । स्थानीय केशरी राना र खगिसरा राना संचालक रहेकाे फार्ममा थापाले व्यवसायिक कृषि फार्म संचालनकाे लागि अभिभावकत्व प्रदान गरेको रानीमहललाई बताउनुभयो । थापाले फार्ममा बैठक कक्ष सहितको आवास र भण्डारण गृह, बंगुर र कुखुराको फार्म लगाएतको निर्माणमा भौतिक तर्फ ३५ लाख बढी रकम फार्मका संचालकहरुले सामुहिक रुपमा लगानी गरेको बताउनुभयो । उहाँको फार्ममा अहिले ३० वटा बंगुरको माउ र बाठा तथा बच्चाहरु रहेका छन् यस्तै लोकल कुखुरा र लोकल हाँस समेत पालेर यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अर्गानिक परिकारसँगै कृषिको स्वाद चखाउने लक्ष्य थापा रहेको छ । थापाले लामो समय राजनीतिक परिवर्तन र जातीय आन्दोलनमा खर्चिएपनि समाज रुपान्तरणकै लागि नमुना कृषि फार्म खोलेको रानीमहललाई बताउनुभयो । यहाँको समाजलार्ई गरेपछि यस्तो पनि हुँदो रहेछ भनेर, शिक्षा दिनु परेको छ, थापाले भन्नुभयो, कामको खोजीमा खाडीमुलुकमा भौतारिने युवालाई समेत स्वदेशमै काम गरे सफलता मिल्ने रहेछ भन्ने नमुना दिनको लागि कृषि र पशुपालन पेशाको सुरुवात गरेको बताउनुभयो । थापाले नमुनाको रुपमा विभिन्न खालका कृषि र पशुपालनका काम गरेर अरुलाई समेत सीप हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । उहाँले आफ्नो बोनसको जिन्दगीमा गाउँमै केही गरौं भन्ने भावले एकिकृत कृषि र पशुपालनमा लागेको बताउनुभयो । २० रोपनी जग्गामा तरकारी, फलफुल, र फार्म निर्माण गर्नुभएको थापाले एउटा अर्गानिक कृषि रिर्सोटको रुपमा फार्मलाई विकास गरेर मनोरञ्जनसँगै अर्गानिक खानाको स्वाद चखाउने योजना रहेको रानीमहललाई बताउनुभयो । राजनीतिक आन्दोलन, जातीय आन्दोलनले समाज रुपान्तरणमा सहयोग गरेको भएता पनि अबको आफ्नो काम भनेको कृषि क्रान्ति सहित आमूल समाज रुपान्तरण सहित समुन्नत र आत्मनिर्भर समाज निर्माण गर्ने लक्ष्य रहेको थापाले रानीमहललाई बताउनुभयो । थापाको फार्ममा अहिले जिल्ला सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौं लगाएतका स्थानबाट समेत साथीभाइ र शुभचिन्तकहरुले आएर हेर्ने र अबलोकन गर्ने र सल्लाह सुझाव दिने गरेको बताउनुभयो । उहाँको काममा सबैले प्रशंसा र प्रेरणा लिन सकिने मगर संघका पूर्व सचिव रामवहादुर गरंजाले रानीमहललाई बताउनुभयो । भषण मात्रै होइन काम गरे व्यवहार नै परिवर्तन हुने रहेछ भन्ने नमुना थापा बन्नुभएको नेपाल मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष अमित रास्कोटीले बताउनुभयो । उहाँले भन्नुभयो, कृषि र पशुपालनमा समेत थापाको काम प्रशंसनीय रहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update