Erani Mahal
माथागढी गाउँपालिकाद्वारा  ७५ % अनुदानमा फलफूल बिरुवा वितरण गर्ने
matha
रमेश राना पाल्पा- पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले माथागढीबासी किसान र गाउँपालिका भित्रका व्यवसायिक कृषक फार्म समूहहरूलाई ७५ प्रतिशत अनुदानमा फलफूल बिरुवा वितरण गर्ने भएको छ। माथागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालद्वारा हस्ताक्षरित गाउँपालिकाको सूचनामा माथागढीबासीहरूको लागि व्यवसायिक फलफूल बगैंचा स्थापना गर्ने उद्देश्यले इच्छुक कृषक, कृषक समूह,कृषि सहकारी र फार्महरूका लागि फलफूल बिरुवा (कागती,सुन्तला,लिची र कफि) लगायतका बिरुवा अनुदानमा वितरण गर्ने भएको छ । प्रकाशित सूचनाको आधारमा कृषकहरूले ७ दिनभित्र गाउँपालिका अन्तर्गतका आफूलाई पायक पर्ने सबै ८ वटा वडा कार्यालयमा निवेदन पेश गरि लिन चाहने बिरुवाको परिणाम र कृषकको सम्पर्क नं. सहित उल्लेख गर्नुपर्ने प्रकाशित सूचनामा रहेको छ। साथै कृषक हरूले निवेदनका साथमा व्यक्तिको हकमा नागरिकताको प्रतिलिपी र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने रहेको छ भने कृषि फार्म, समूह सहकारीको हकमा दर्ता प्रमाणपत्रका साथै निर्णयको प्रतिलिपी पनि पेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख रहेको छ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update