Erani Mahal
रैनादेवी छहरामा वैदेशिक रोजगारीमा ३ हजार ३ सय, स्वदेशमा फर्किएमा आयआर्जनमा लगाउने योजना
Raina
पाल्पा– रैनादेवी छहरामा वैदेशिक रोजगारीमा ३ हजार ३ सय युवाहरु गएका छन् । गाउँपालिकाले हालै गरेको सर्वेक्षण अनुसार विभिन्न देशमा काम तथा अध्ययनको सिलसिलामा उक्त संख्यामा मानिसहरु गएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीका अनुसार वडा नं. १ सिद्देश्वरमा ३ सय ८३, वडा नं. २ सोमादीबाट ३ सय ५२, वडा नं. ३ भुवनपोखरीबाट ७ सय ६८, वडा नं. ४ छहराबाट ७७०, वडा नं. ५ को मुझुङ्गबाट २ सय ४९, वडा नं. ६ जुठापौवा बाट ४८९, वडा नं. ७ को बल्ढेंगढीबाट ९९, वडा नं. ८ सत्यवतीबाट २१२ गरी कुल ३ हजार ३ सय २५ जना विदेशमा रहेको रानीमहललाई बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमणका कारण उनीहरु स्वदेश फर्किन सक्ने संभावनालाई मध्यनजर गर्दै आगामि दिनमा स्वरोजगार मुलक कार्यक्रम सहित, कृषि, पशुपालन, फलफुल उत्पादन लगाएका कार्यक्रममा लगाउने गरी योजना गाउँपालिकाले बनाएको छ । युवा लक्षित, युवा स्वरोजगार लगाएतका कार्यक्रमहरु संचालन गरी गाउँमै स्वरोजगार र आयमुलक काममा लगाउने गरेर आगामि वर्षको बजेट बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले रानीमहललाई बताउनुभयो । कार्कीका अनुसार आगामि वर्ष वैदेशिक रोजगारी र कोरोनाको कारणले समस्या परेका जनतालाई राहत मिल्ने गरेर केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update