Erani Mahal
पाल्पामा लकडाउन अझै कडा बनाइने, पास विना हिड्डुल गर्न रोक
lakdfow
पाल्पा– छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु लगायतका स्थानमा कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पामा पनि लकडाउनलाई कडाइ गरिने भएको छ । बुधवार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार विहिवारबाट पाल्पामा लकडाउनलाई थप कडार्ई गर्ने निर्णय भएको हो । सवारी पासका सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार जारी गर्ने, सवारी पास विनाका सवारी साधनलाई जिल्ला भित्रन र बाहिर जान रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । सवारी साधन तथा पैदलमार्गबाट जिल्ला भित्रने व्यक्ति तथा सवारी साधनलाई चेकजाँच तथा पूर्ण रुपमा रोक लगाउने त्यसका लागि शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्ने, भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने समेत निर्णय भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न बैंक तथा वित्तिय संस्थाहरुलाई हप्ताको तीन दिन आइतवार, मंगलवार र विहिवार विहान ११ देखि १ बजेसम्म संचालन गर्ने, अत्यावश्यक बाहेकका पसल व्यवसायहरु बन्द गर्ने, कर्मचारीहरुलाई विहान ९ देखि १० बजेसम्म कार्यालय आउन र ४ देखि ५ बजेसम्म घर फर्किन अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर मात्र आवत जावत गर्न दिने, परिचय पत्र, पास र पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो । उहाँले लकडाउनको उलंघन गर्ने र कानून विपरित कार्यगर्नेलाई कानून अनुसार कारवाही समेत गरिने जानकारी दिनुभयो । उहाँले पाल्पामा लकडाउनलाई पूर्ण रुपमा पालना गराउन सुरक्षाकर्मी र ड्रोनबाट समेत निगरानी गरिने जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update