Erani Mahal
युवासंघ पाल्पाद्वारा कोरोना रोक्न बाहिरी जिल्लाको तरकारी आयात रोक्न माग
afd
पाल्पा– राष्ट्रिय युवासंघ नेपाल पाल्पाद्वारा जिल्लामा कोरोना संक्रमण रोक्न बाहिरी जिल्लाको तरकारी लगायतका वस्तु आयात रोक्न माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले् पाल्पा जिल्ला तराईको जिल्लामा जोडिएको र तराईका जिल्लामा कोरोना संक्रमण बढेकोले त्यसको असर जिल्लामा समेत हुने भएकाले तत्काल तरकारी जन्य वस्तुहरुको आयात रोक्न माग गरेको हो । जिल्लाको आपूर्ति व्यवस्थापन समितिले यस अघि बाहिरी जिल्लाबाट तरकारी र फलफुल जन्य वस्तु आयातमा रोक लगाएको भएता पनि जिल्लामा आपूर्ती व्यवस्थापनमा असहजता भएकाे भन्दै व्यवसायीहरुको दबावमा त्यो निर्णय खुकुलो बनाएको थियो । युवा संघको विज्ञप्तीमा भनिएको छ ः राष्ट्रिय युवा संघ नेपाल देशभरिका प्रगतिशिल, राष्ट्रप्रेमी र क्रियाशिल युवाहरुको सबैभन्दा ठुलो संगठन हो । यसले राष्ट्र, राष्ट्रीयता र जनजिविकाको पक्षमा निरन्तर काम गरिरहेको छ । अहिले विश्व संकटको घडिमा छ । कोरोना (कोभिड–१९) भाईरसको त्रासले हामी सबै आक्रान्त छौ । जनताको सुरक्षाको लागि सरकारले लकडाउन लगायतका आदेशहरु जारी गरेको छ । हाम्रो जस्तो सीमित साधन र स्रोत भएको मुलुकमा महामारी संग लड्नु अप्ठेरो छ तरपनि सरकार हरप्रयास लागिरहेको छ त्यसैले संकटको यो पलमा सम्पूर्णलाई सरकारको आदेशहरु पुर्णरुपमा पालना गर्नुहुन र गराउनुहुन अनुरोध गर्दछौ । संकटको यो घडीमा समुदायको हितको लागी हामी आआफ्नो क्षेत्रमा क्रियाशिल रहेका छौ । अहिले पाल्पाका छिमेकी जिल्लामा समेत कोराना संक्रमित पुष्टि भैसकेको अवस्थालाई मध्यनजर गर्दै पाल्पाको लकडाउन अझै कडाइकासाथ लागु गराउन, सम्भव भएसम्मका सामाग्रीहरु बाहिरीजिल्लाबाट भित्रिन नदिन र पाल्पा आत्मनिर्भर रहेको दुध तरकारी जस्ता सामाग्रीहरु बाहिरीजिल्लाबाट आयात गर्न केहि समयको लागी पुर्ण रुपमा बन्द गराउने व्यवस्था मिलाउनहुन सम्बन्धित पक्षसंग राष्ट्रिय युवा संघ पाल्पा आग्रह गर्दछ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update