Erani Mahal
रामपुर नगर उपप्रमुखद्वारा कोरोना जोखिममा महिला पत्रकारलाई सुरक्षा सामग्री प्रदान
96156108_2709628232654022_5189937819337883648_n
पाल्पा-पाल्पाको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले रामपुर नगरपालिकामा रहेर बिभिन्न मिडियामा काम गर्ने पत्रकारलाई कोरोना संक्रमण जोखिम कम गर्न विभिन्न स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । रामपुर नगरपालिकालाई कर्मथलो बनाएर विभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई मास्क, ग्लोब्स, सेनिटाइजर सहित डायरी र पेन प्रदान गर्नुभयो । जुन सुकै बेला समाजमा खटिने पत्रकार पनि जोखिममा रहने हुँदा पुर्णतया सतर्क भएर समाचार संकलन गर्नुपर्ने बताउदै उपप्रमुख आचार्यले रेडियो, पत्रपत्रिका र अनलाइनमा काम गर्दै आएका महिला पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नुभएको हो । सानो सहयोग प्रयाप्त छैन, यतिले मात्र पुग्दैन आफु चनाखो भएर काम हर्नुपर्ने अबस्था छ आचार्यले भन्नुभयो । नगरपालिकाका सल्लाहकार देबराज ढकालले महिला पत्रकारलाई नगर उपप्रमुखले गरेको समयानुकूल कार्य निकै प्रशंसा मुलक भएको बताउनुभयो । "प्रहरी खटाएर मैदानमा जान्छ, तर पत्रकार आफै जान्छ" ढकालले भन्नुभयो- चुनौती भएपनी समाजलाई सुसूचित गराउन खट्ने पत्रकारको भुमिका महत्वपूर्ण छ ।" नगरपालिकाका कार्यपालिका सदस्य साबित्रा गौतमले पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बिदेश तथा बाहिरबाट आएकाहरु संगै चेकजाच,अबस्था अबलोकन,मुल्यांकन र राहत बितरण लगायत गतिबिधिमा सम्लग्न हुने भएकाले नगर उपप्रमुखले सरेको सहयोगले पत्रकारलाई थप हौसला मिल्ने बताउनुभयो । नगरपालिका स्वास्थ्यकर्मी गिरिराज घिमिरेले स्वागत गर्दै स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य सस्था खोलेर काम गरिरहेका छन्, पत्रकार अहोरात्र खटिएर रिपोर्टिङ गरिरहेका छन्,यसको समेत कदर गरि नगर उपप्रमुखले सहयोग गर्नुभएको बताउनुभयो । उहाले कोरोना कहरको संबेदनसिल अबस्थामा पत्रकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मीले जाग्ने हो सबै समेटेर अगाडि बढ्ने प्रयत्नमा लागेको र फिल्डमा खटिने नगरका सबै महिला पत्रकारलाई समेटेको बताउनुभयो । पत्रकार रमा भण्डारीले पत्रकार कोरोना संक्रमण न्यूनीकरण, रोकथाम, यसले पारेको प्रभाब र असर साथै राहत बितरणमा गाउँघरमा पुग्दा जोकिम छ नै यसलाई मध्यनजर गर्दै नगर उपप्रमुखले चालेको कदमको प्रशंसा गर्नुभयो । महिला तथा बालबालिका कार्यालयका सहायक महिला विकास निरीक्षक पुजा परियारको संचालनमा कार्यक्रम भएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update