Erani Mahal
क्वारेन्टाइनमा बसेका १२ जनाको आरडीटी परीक्षण नेगेटिभ
gkkk
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा क्वारेन्टाइनमा बसेका १२ जनाको आरडिटी टेस्ट नेगेटिभ आएको छ। विदेशबाट आएका तथा क्वारेन्टाइनमा बस्दै आएका १४ दिन पुग्ने व्यक्तिहरुको तालिमप्राप्त स्वास्थकर्मीबाट आरडिटी टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आए पछि १२ जनालाई पालिकाले आज आ-आफ्नो घर पठाएको हो । गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६, अर्चलेका ५ जना र अंशुवर्मा माध्यमिक विद्यालय निस्दी-२,सहलकोटका ७ जना गरि कुल १२ जनालाई निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले धन्यवाद पत्र प्रदान गरेर घर पठाएको हो। यसअघि निस्दीले क्वारेन्टाइनमा बस्दै आएका ३९ जनालाई घर पठाइसकेको छ । निस्दी गाउँपालिकामामा कुल ५६ मध्ये अहिले १५ जना मात्रै क्वारेन्टाइनमा रहेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनु हुँदै घर फर्केका सबैलाई एक हप्ता सम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिएको जानकारी दिनुभएको छ । विश्वभरी महामारी रुप लिदै गएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि निस्दी गाउँपालिकाले अन्य छिमेकी जिल्लाबाट आएकाहरुलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update