Erani Mahal
काङ्ग्रेस पाल्पाद्वारा लकडाउनको अवस्था बुझ्न समिति गठन
ccc (1)
पाल्पा - नेपाली काँग्रेस पाल्पाले जिल्लामा जारी लकडाउनको अवस्था र प्रभाव बु¤न पाँच सदस्यीय समिति गठन गरेको छ । लकडाउनको समयअवधिमा पार्टीको भूमिका र गतिविधिबारे सत्यतथ्य बुझ्न समिति गठन गरेको हो । पार्टी सभापति बीरबहादुर रानाको अध्यक्षतामा अनौपचारिक उपलब्ध जिल्ला नेताहरुबीच बसेको बैठकले नेपाली काँग्रेस जिल्ला सचिव झपेन्द्र गहिरेको संयोजकत्वमा कांँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, जिल्ला प्रचारप्रसार विभाग प्रमुख तथा जिल्ला कार्य समिति सदस्य राधेश्याम ज्ञवाली, पार्टीका प्रेस प्रमुख माधव अर्याल र प्रेस युनियनका केन्द्रिय पार्षद तथा पत्रकार सीता डोटेल सदस्य रहेको समिति गठन गरेको हो । समितिले कोरोना संक्रमणको जोखिम कम गर्न ४४ दिन लामो जारी लकडाउनले पारेको प्रभाव र अवस्था बुझ्नेछ । अनुगमन, राहत बितरणको अवस्था र जनजीवनमा पारेको असरका बिषयमा जानकारी लिइने पार्टी सचिव गहिरेले बताउनुभयो । नागरिकको पिडा कम गराउन तथा आम नागरिकको अवस्था सरल, सहज बनाउन पहल गर्दै सम्बन्धित निकायलाई सघाउने र घचघच्याउने पार्टी सभापति रानाले बताउनुभयो । जिल्लाका हरेक तहमा राहत बितरणको अवस्था, नेपाली काँग्रेस पार्टी र यसको भातृसस्थाले गरेको सहयोग, छाँया सरकारको भूमिका र उपलब्धिका विषयमा पैरवी गर्ने उनले बताउनुभयो । पार्टीका प्रचार विभाग प्रमुख ज्ञवालीका अनुसार पहिलो चरणको राहतका विषयमा सबै पालिकामा जानकारी लिने र अब दोस्रो चरणका विषयमा पनि अवस्था बुझ्ने उहाले बताउनुभयो।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update