Erani Mahal
पहिले नेटवर्क व्यवस्थापन : अनि अनलाइन कक्षा
ad ad ad
कमल ज्ञवाली यतिबेला हाम्रो देशमा अनलाईन कक्षा संचालन गर्ने विषयले निकै चर्चा पाएको छ । सोही कुरालाई मध्यनजर गर्दै मैले यहीँ विषयमा हामी नेपालीको वास्तविकता देखाउने कोसिस गरेको छु । मैले यो कुराको विरोध गर्न खोजेको होईन । तर हामी नेपालीको यति धेरै कठिनाइ परिस्थितिमा कसरी सम्भव होला भन्ने जिज्ञासाले मलाई निकै सतायो र अनि लेख्न बाध्य भए । अनि म केही शब्दलाई कोर्दै छु । कुरा हाम्रै गाउँको गरौँ केही वर्ष अघाडी मेरा बा ले किन्दिएको साधारण मोबाइल बोकेर शहर पढ्न झरेको म सँग अझै त्यहीँ मोबाइल छ । जसमा नेटको सुविधा छैन । अहिले यो महामारीको समयमा बिहान खाए बेलुका के खाने भन्ने परिवार हाम्रै वरिपरी छन् । यदी हामीले पाल्पाको आँकडा हेर्ने हो भने कम्तीमा पनि ६०÷७० प्रतिशत विद्यार्थीहरु गाउँमा छन । तिनीहरुका लागि के साच्चिकै यो अनलाईन कक्षा प्रभावकारी होला त सरकार ? जसोतसो गाउँमा मोबाईल भएपनि नेटको राम्रो सुविधा छैन । फोन गर्न त कहाँ अग्लो ठाउँ छ भन्दै खोज्न पर्ने ठाउँमा कसरी अनलाईन शिक्षामा पढ्न सकिएला र ? अनलाईन शिक्षा पढ्नको लागि पनि त प्रर्याप्त पैसा छैन हामी जस्तै कयौं विद्यार्थीसँग । मेरो सरकारले त केवल घुम्ने कुर्चीमा बसेर भाषण मात्रै दियो तर उसले देखेन यो देशमा म जस्तै कयौं गरिब विद्यार्थी पनि छन् भनेर । ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा पर्न गएको मर्का बुझने कसले ? माथि बसेर भाषण गर्नुभन्दा पहिला आफुलाई जिताएर पठाएको ठाउँमा पुगेर पनि एकपटक हेर्ने हो कि सरकार ? नेपाली जनताको साराप लाग्ने छ । देश संकटकालिन अवस्थामा गुज्रिएको बेला तिमीहरु त्यहीँ कुर्चिको लागि लडिरहेका छौँ । तिमीहरुलाई हामी नेपाली र देशको कुनै चिन्ता होइन चिन्ता छ त केवल कुर्सी र सत्ताको मात्रै । यति कुरा बुझन जरुरी छ, सरकार हामी तिमिहरु बसेको जस्तो महलमा होईन झुपडीमा बसेर गुजारा गरिरहेका छौँ । यहाँ फोन गर्नलाई पनि बा को नोकिया फोन बोकेर रुखको टुप्पामा पुग्नु पर्छ । यस्तो ठाउँबाट अनलाइन कक्षा कसरी लिउँ ? नलिऔं भने आफ्नो भविष्य बिग्रदै छ । लिऔंं भने बिहान बेलुका खाने छाक काट्नुपर्छ (केही पाउन केही गुमाउनु पर्छ भन्ने उखान बल्ल काम लाग्यो ) मेरो मात्र छाक काट्नु पर्ने भए त हुन्थ्यो । बुढा भएका बा आमाको सबैको छाककाट्नु पर्छ । अनलाईन कक्षा लिन मेरा बा आमाले दुःख गरी जोरजाम गरेको पैसा खर्चनु पर्छ । मेरा लागि यो शिक्षा निकै महङ्गो हुन गयो । म जस्ता कयौं विद्यार्थीको पहुँचमा यो उपयुुक्त छैन जस्तो लाग्द्छ । म त एउटा प्रतिनिधि पात्र मात्रै हो म जस्तो हजारौं विद्यार्थी हाम्रो देशमा छन् भन्ने भुल्नु भएन । यतिबेला अनलाईन शिक्षा भन्दा पनि हामी कसरी बाँच्ने संघर्षमा उत्रिरहेका छौँ । हामी बाँचेउ भने भोली पढ्नु होला । हाम्रो स्वास्थ नरहे के नै हुन्छ र सक्छौ भने हामीलाई बचाउ बाचिएला भने स्कुलमा गएरै पढौंला । – रुरु–गुल्मी हाल ः तानसेन पाल्पा
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update