Erani Mahal
पूर्वखोला गाउँपालिकाको कोरोना राहात कोषमा ३२ लाख बढी संकलन
purbakhola-vcd

पाल्पा - पूर्वखोला गाउपालिकाकाे काेराेना राहत काेषमा विविन्न संघसंथा र व्यक्तिहरूबाट सहयोग रकम संकलन गर्ने कार्य चलिरहेकाे छ । गाउँपालिकाले विभिन्न याेजनाबाट ३० लाख ३० हजार बजेट काेषमा संकलन गरिएकाे थियाे । प्रदेश सरकारले १० लाख, अन्धकार मुत्ती ऋण तथा बचत सहकारी संथा रामपुरबाट ५० हजार, पाल्पाली साहित्य समाजबाट १० हजार सहयोग जम्मा भएको छ ।

त्यस्तै गाउँपालिका कार्यपालिका सद्स्य अरुबाट रु १ लाख १० हजार सहयोग भएकाे गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले वताउनुभयो । गाउपालिकाले सहयोग रकम राहात कोषमा जम्मा गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाइले बताउनुभयो ।

गाउँपालिकाकाे काेषमा जम्मा भएकाे रकममध्ये १३ लाख ९ हजार खर्च भइसकेको गाउँपालिकाले जनाएको छ । पूर्वखोला गाउँपालिकामा कोरोना रोकथामको लागि तयारी भैरहेको र गाउँपालिकाले पूर्वखोला गाउँपालिका बाहिर बसेकाहरुलाइ पनि राहात उपलबध गराएको र कोही त्यस्तो समस्यामा परेको व्यत्तिलाइ सम्पर्क गर्न गाउँपालिकाका प्रबक्ता एवं वडा न २ वडा अध्यक्ष निर बहादुर सारूले आग्रह गर्नु भएको छ । त्यस्तै गाउँपालिकाले दोस्रो चरणको राहात पनि बितरण गर्ने तरखरमा रहेको गाउँपालिकाले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update