Erani Mahal
लकडाउनको समयमा विद्यार्थी र अभिभावकले के गर्ने
sa

पाल्पा - बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात Covid -19 को संक्रमण नेपालमा पनि फैलिरहेको तपाईं हामी सबैलाई सर्बबिदितै छ । यतिबेला सरकार ले लकडाउन को घोषणा गरेको पनि महिना दिन बितिसक्य्यो, तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अबस्था छ,हुनत उनिहरुले छोउन पनि कसरी,आफ्नो गतवर्षको नतिजा प्रकाशन नभएको अबस्थामा के कुरा पढ्ने, कसरी पढ्ने पाठ्यक्रम के हो साथै उनीहरुलाई पढाईको कुरा गर्दा पढ्ने कुरा भन्दा पनि पढाइ को मनसिकतामा नै फरक महशुस तपाईं हामी पाउन सक्छौ, यो बिपद को बेला छरछिमेक मा हाम्रा अभिभाबक को दिनहु जसो आउने गुनासो हो, हामिले पटक पटक सुनिरहने कुरा हुन, हाम्रो बालबालिका लाई पढाईको महत्त्वको बारेमा भनिदिनु हुन, यो विषम परिस्थिति मा सबै अभिभाबक लाई चासो र गुनासो को बिषय बनेको छ ।

शैक्षिक सत्र सुरु हुने समयमै फैलिएको यस महामारिबाट, विशेषत साना साना बालबालिकाको शैक्षिक लगाएत सबै शिक्षण सस्थाहरु अस्तब्यस्त छ्न, बिद्यालय बन्द छ, बिध्यर्थी का अन्तरनिहित प्रतिभाहरु प्रस्फुटित हुन पाएका छैनन, सरकारले लागु गरेको लकडाउन पुर्णरुपमा पालना गरेकोले तत्कालै शैक्षिक सस्थाहरु खुल्ने अबस्था छैन र देखिदैन पनि, बिधालय बन्द भयको हुनाले अभिभाबकले आफ्ना सन्ततिलाई त्यति पढाईको कुरा मा दबाब दियता पनि बालबलिकाले डेग नचलाएको अबस्था छ, बन्दको बेला शिक्षकले आफ्ना बिद्यार्थी प्रती समय दिन नसकेको कारण बिद्यार्थी को मानसिक बौदिक र सम्बेगात्मक बिकासमा प्रभाब नपर्ला भन्न सकिने अबस्था छैन, लामो समय सम्म बिधालय बन्द हुदा प्रतिकुल अबस्था श्रीजना हुन सक्ने र यसको उपयुक्त बिकल्पको खोजी गर्ने कामहरु के के हुन सक्छ्न भन्ने बिसयमा केन्द्रीत कुरा गर्न चाहान्छु ।

सर्बप्रथम त अघिल्लो बर्षको नतिजा रोकिएको हुनाले कसरी हामी त्यो नतिजा छिटो भन्दा छिटो प्रकाशन गर्न सक्छौ भन्ने तर्फ अगाडि बढ्न हामी जरुरी छ। नतिजा प्रकाशन गर्न हामी सामजिक दुरि अपनाई साथै सम्भब हुने ठाउमा अनलाईन साथै अभिभावक लाई टेलिफोन मार्फत जानकारी गराउन सकिन्छ, साथै अबको शैक्षिक सत्र लाई आबस्यक नया पाठ्यपुस्तक नया पाठ्यक्रम अनुसार समयमै छपाउन सकिन्छ, अनलाईन मार्फत नै बिद्यार्थी को नया भर्ना आबाहन गरि नया बिद्यार्थी भर्ना गर्न सकिन्छ, बिद्यार्थी भर्ना गरिसकेपछी, उनिहरुको दैनिक ब्यबहारमा फरक खालको उर्जावान मानसिकता आउँछ, अर्कोतर्फ सामजिक दुरि कायम गरि नया पाठ्यपुस्तक बितरण प्रकृयामा पनि सहजता आउँछ, सुरक्षित रुपमा हामी पाठ्यपुस्तक बितरण गर्न सक्छौ, यसको लागि सम्बन्धित स्थानिय तहको सहयोग लिन सकिन्छ, नया पाठ्यपुस्तक पायपछी बिद्यार्थी को पढाईप्रती चासो र मनोबल मा एक्कसी वृद्धि हुनेछ, तुलनात्मक रुपमा केही न केही नया जोस र जागर बिद्यार्थी मा पक्कै पनि आउनेछ, यसको लागि शिक्षक र बिद्यार्थी बिच आपसी विभिन्न संचार माध्यम मार्फत सम्पर्क मा रहने, नेपाल जस्तो बिकासउन्मोख देसमा अनलाईन शिक्षाको पहुँच पुर्णरुपमा नभयको कारण टेलिएजुकेशन पद्धतिलाई बैकल्पिक शिकाईको रुपामा प्रयोग गर्न सकिन्छ,बिद्यार्थीलाई पढाइ भन्दा सिकाई बढी प्रभावकारी हुने भयकाले त्येस तर्फ अभिभावक लाई सिकाई माध्यम प्रयोग गरि आफ्ना बालबालिका लाई सामाजिक बन्न प्रेरित गरौ ।

यो बेलामा बालबालिका लाई आफ्नो काम आफै गर्न लगाऔ, आफ्नो मातृभाषा र सस्कृतिको प्रयोगमा उत्प्रेरित गराऔ, धर्म जाती साथै धार्मिक सहिसुणता साथै विभिन्न रहन सहन सिकायौ, यो लकडाउन लाई "सस्कारिक कक्षा " नामन्कित गरौ, आफ्नो बाबुआमा बालबालिका को पहिलो गुरु हो र घर पहिलो बिद्यालय हो भन्ने कुरा बुझाऔ, साथी आफ्नो नातागोता को आबस्यकता र समाज को रहनशहन सामाजिक परिस्थितिको महत्त्व बारे प्रकाश पारौ, मानिस एक सामजिक प्राणीको रुपमा आफ्नो जिम्मेवारि के के हुन्छ सिकाईदिउ, पाठ्यक्रम मात्र हैन ब्यबहारिक जीवन सिकाउ, " बिज्ञानका सिद्धान्त र गणितका २/४ ओटा साध्यहरु पढ्न पायनन भनेर उनिहरुको मनोबल गिराउने काम नगरौ" दर्जनौ ब्यबहारिक गणित सिकाऔ, लकडाउन खुलेपछी बिद्यार्थीहरु बिधालय आउने समयमा ब्यबहारिक परिक्ष्यामा "ए प्लस" मा उत्रिण भयर बिधालय आउन, छोराछोरीले पढ्न पायनन भनेर चिन्ता लिनुपर्ने आबस्यकता छैन अब के गर्ने भनेर नसोच्नुस, यस्ता हजार उपाय निस्कन्छ्न जसको प्रयोगले हामिले आफ्ना बाबुनानिलाई बिश्वबिद्यालय तहमा दिईने भन्दा माथिल्लो ग्यान घर मै दिन सक्छौ, यौटा कुशल अभिभावक हुनुले हामिले यती गर्न त सक्छौ नि !

लेखक - शालिकराम खनाल वास संयोजक रामपुर नगरपालिका

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update