Erani Mahal
सरकारकाे नियाेजित षडयन्त्र :  अध्यादेश जारी
Da-copy

दलजीत श्रीपाली

प्राणघातक राेग काेभिड-१९ बाट  देश र जनतालाई बचाउने उद्देश्य सहित नेपाल सरकारकाे निर्णयअनुसार देश लकडाउनमा छ । लकडाउनलाई स्वागत गरेका नेपाली जनताहरुकाे दैनिक जनजीवन  महामारी काेराेना भाइरसकाे कारण अत्यन्त्यै कष्टकर बनेकाे छ ।   महामारीले अस्तव्यस्त बनेकाे नेपाली जनताका जनजीवनमाथि खेलवाड गर्दै नेपाल सरकारले बेमाैसमकाे निर्णय- अध्यादेश जारी गरी बज्रपात गरेकाे छ ।

जनताले पत्याउनै गाह्राे, "कम्युनिष्ट सरकारले संकटकाे बेला जनतालाई साथ र सहयाेग गर्नुकाे सट्टा संविधानकाे मर्म र भावनालाई लत्याएर अस्थिर राजनीतिकाे पुनरावृति गर्छ, सत्ता स्वार्थ र कुर्चीकाे माेहमा चुर्लुम्म डुबेर जनताप्रति  सरकारले यति ठुलाे घात गर्छ भन्ने  जनताले कल्पना समेत गरेका थिएनन् "। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई तिहाई बहुमतकाे स्थायी सरकारकै बदनाम हुने गरी नेपाल सरकारले  २०७७ साल बैशाख ८ गते साेमबार मन्त्रीपरिषदबाट गरेकाे निर्णय -"संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी (पहिलाे संशाेधन) अध्यादेश, २०७७ र राजनैतिक दल सम्बन्धी (दाेस्राे संशाेधन) अध्यादेश,२०७७ "  र यस अध्यादेशलाई सम्माननीय राष्ट्रपतिबाट आंखा चिम्लेर हस्ताक्षर गरी जारी गरेपछि नेपालमा एकप्रकारकाे तरंग सृजना भयाे । नेपाली जनताले अनेक अडकलबाजी गरे र भने यस कार्यले शाषकवर्गकाे चरित्र र क्रुरतालाई प्रष्ट पारेकाे छ । जारी अध्यादेशले देशकाे राजनीतिक क्षेत्रमा हलचल पैदा गरिदिएकाे छ । 

  सम्पुर्ण नेपालीहरुकाे दिलदिमागमा अनेक प्रकारका जिज्ञासाहरु पैदा भएका छन् । नेपाल सरकारकाे चाैतर्फी गम्भीर आलाेचना भएकाे छ । अनेक अडकलबाजीहरु गर्दै  नेपाल  सरकारका  सम्माननीय प्रधानमन्त्री ज्युकाे आत्मघाती  निर्णयभित्र रहस्यमय विषयहरुकाे खाेजी गरीरहेका छन ।काण्डै काण्डले मुछिएकाे सरकारले यसरी जनविराेधी कदम चाल्नुकाे कारण -" अध्यक्ष प्रचण्डकाे  प्रभाव  र लाेकप्रियता पार्टी कमिटी र जनतामा गुणात्मक ढंगले बढ्नुले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ज्युकाे दिमागमा चटयाङ परयाे, मनकाे बाघले तर्साई रहयाे । आसेपासेहरुकाे लुटकाे स्वर्गमा बज्रपात भयाे । दुवै अध्यक्षहरुबीच पार्टी एकातिर र सरकार अर्काेतिर रहेकाे अवस्थामा असमझदारीकाे  दुरी बढयाे ।  अझ  उत्कर्षमा त त्यतिबेला पुग्याे जतिबेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारकाे आराेप लागेका मन्त्रीकाे बर्खास्ती र  काेराेना भाइरस महामारी नियन्त्रणकाे लागि  सर्वदलिय 'उच्च स्तरीय  राजनैतिक संयन्त्र' गठन गर्न आवश्यक रहेकाे विषय अध्यक्ष प्रचण्डले उठाएपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि शक्तिशाली नेतृत्वबीच राजनैतिकले गम्भीर माेड लिएकाे देखिन्छ ।

  • पार्टी कमिटी प्रणाली, विधि-विधानलाई लत्याएर अध्यक्ष तथा प्रधानमन्त्रीले अनेक प्रश्न गर्दै अस्वभाविक कदम चाल्न अग्रसर भएकै कारण नियाेजित र षडयन्त्रमुलक ढंगले अध्यादेश लिएकाे कुरामा जनता अनविज्ञ छैनन्। खारेजीकाे माग छ-जनताकाे ।   जनताले भन्न थालिसकेका छन्- बाेलीकाे ठेगान नभएकाे ओेली सरकार वर्गच्युत बन्दै चुर्लुम्म भ्रष्टाचारमा डुब्याे, भ्रष्टाचारकै कारण मन्त्रीहरु राजीनामा दिन बाध्य भए, नेताहरु भ्रष्टाचारमा मुछिएका कुराहरुलाई लिएर सर्वत्र आलाेचना भएका छन्  भ्रष्टाचारीलाई उन्मुक्ती दिने संस्थामा आफ्नाे अनुकुलताकाे व्यक्ती नियुक्तीकाे आवश्यकता रहेकाे छ, त्याे समयकाे पर्खाईकाे याेजनाले पनि याे कुबुध्दि पलाउन सक्छ । बर्षाैं पार्टी जीवनमा आवद्द नेता, कार्यकर्ता, जनतालाई लत्याएर स्वार्थी समुहकाे दवावमा परि पार्टी फुटाएर भएपनि शक्ति र सत्तामा रहने दुस्साहले पनि काम गरेकाे हुन सक्छ ।संबैधानिक आयाेगहरुमा रिक्त हुनावितिकै आसेपासेलाई भर्ती गरी आफ्नाे शक्ती मजबुद र घेरा बलियाे बनाउने सपनाकाे याेजना पनि हुन सक्छ ।

अध्यादेशमार्फत पार्टी फुटाउने धम्की र सत्ता टिकाईरहने चाल पनि हुन सक्छ- जनतामा अनेक प्रश्नहरु मुखारित भैरहेका छन् । बाह्य शक्तीकाे ईन्ट्री गराउने,मध्यावधि निर्वाचन जस्ता सपना देखेर  अध्यादेश लिएकाे हुन सक्ने सरकारकाे नियत जनताले बुझेकै छन् ।     महामारीले देश ने अस्तव्यस्त छ, जनताहरु आतंकित छन, जनजीवन कष्टकर छ ।  यतिबेला सरकारकाे जाेडबल -"बाह्य शक्तिहरु विरुध्द उभिने, सत्तापक्ष-प्रतिपक्ष, लगायत सबै राजनैतिक दलहरुलाई विश्वासमा लिएर महामारी राेगविरुद्द जनतालाई राहत-उद्दारकासाथ विरामीकाे उपचारमा राजनैतिक दल, सरकारका सबै संयन्त्रहरु परिचान गर्ने" हुनु पर्छ ।   पार्टी एकिकरणकाे घाेषणा-पत्र अनुसार काम गर्ने , पार्टी नीति, सिद्दान्त, अनुशासन,विधि, प्रणालीमा अडिग रही पार्टी कमिटीलाई  एकतावद्द बनाई जनताकाे सेवामा लाग्ने समय हाे याे- पार्टी फुटाउने, जनता निराश बनाउने समय हाेईन याे ।     विडम्बना ! सरकार शक्ती र सत्ताकाे माेहमा मैमत्त छ । महामारी राेगबाट बच्न जनताहरु लकडाउनमा जीवन खाेजीरहेका छन् ।

सडकमा भाैतारिरहेका जनताका दर्दनाक कथा-व्याथाहरु सुन्न र देख्न फुर्सद छैन- हांसी मजाकमै दिन विताईरहेकाे छ,सरकार ।सरकार भन्छ-"सडकमा काेही मानिस देख्नु परेकाे छैन्, राेगले मर्न त परै जावस, भाेकले काेही मर्न दिईन्न,छयाहत्तर-असी कराेडकाे राहत बांडिसक्याैं, सरकारले नाटक मन्चन गरेकाे हाेईन् , आपुर्ति ब्यावस्था राम्राे छ..." । जनतालाई लागेकाे छ - जनताका पिरमर्का सांच्चिकै सिंहदरवार, बालुवाटार, मन्त्री निवास पुल्चाेकबाट नदेखिदाे रहेछ ।नेताका भाषण, आश्वासन र दस्तावेजमा लेखनले जनतालाई नछुदाे रहेछ भन्ने लागेकाे छ ।   विकसित घटनाक्रमले जनताकाे मन जितेर नेता र जनताकाे सम्बन्ध नङ र मासु झै हाे भन्ने कुरामा शंका उब्जाईदिएकाे छ । जनतामा व्याप्त उक्त शंकालाई विश्वासमा बढल्न नेतृत्वकाे लागि अग्नी परिक्षा बनेकाे छ । जारी अध्यादेश धन्किरहेकाे  आगाेमा घ्यु थप्ने काम भएकाे छ ।

कम्युनिष्टहरुले बढी प्रयाेग गरेकाे प्रशंग-"संसदीय व्यावस्था भनेकाे गफाडीकाे थलाे हाे, बाहीर खसीकाे टाउकाे झुण्डाएर भित्र कुकुरकाे मासु बेच्ने थलाे हाे "। यतिखेर जनताकाे भारी मतबाट विजयी भएकाे कम्युनिष्टहरुकाे सत्ता छ, सरकार छ , परिभाषा बढल्न सक्नु पर्छ । यस्तै  तरीका हाे भने हिजाे बाेलेका र प्रशिक्षण दिएकाेमा पार्टी, नेतृत्वहरुले आफ्ना कार्यकर्ता र जनतासमक्ष  माफी माग्नु पर्छ, जनताकाे बलियाे प्रश्न छ । कम्युनिष्ट सरकारप्रति बढी विश्वास र अपेक्षा गरेका नेपाली जनताहरुले सरकार  देश र जनताकाे निम्ती सेवक बनाेस-व्यपारी नहाेस भन्न चाहन्छन् ।  महामारीकाे बेला सरकारबाट भईरहेकाे नाैटंकी र अनेक नाटक मन्चन राेकी अध्यादेश फिर्ता गरेर जनयुद्द, जनआन्दाेलन, मधेश आन्दाेलन र अधिकार निम्ति गरेका संघर्षहरुबाट प्राप्त उपलब्धीकाे रक्षा गर्नु पर्छ ।  पार्टी एकता सानाे दुखले भएकाे हाेईन, शहिदकाे रगतले  काेरिएकाे छ ।वेपत्ता याेद्दा, घाईते-अपांगता र महान जनताकाे  त्याग र बलिदानबाट  निर्माण भएकाे छ । इतिहासमाथि खेलवाड र मजाक गर्ने अधिकार छैन, कसैलाई ।

सुखी नेपाली समृध्द नेपाल निर्माण गर्न जनताकाे जनवाद हुदै समाजवादकाे लक्ष्य चुम्न जनताकाे चाहाना छ ।  बांचेरै काेभिड-१९ माथि विजयी चाहन्छन् ।   सरकारले गल्तीहरु सच्याउदै महामारीमा परेकाे जनताहरुले साथ र सहयाेगकाे अपेक्षा गरेका छन् । देश र जनतामाथि घात गरेर आफुले खनेकाे खाल्डाेमा आफै पर्ने काम नगराैं, काेभिड-१९  बाट आफु पनि बाचाैं र अरुलाई पनि बचाऔ, देशलाई संक्रमण हुनबाट बचाऔ, लकडाउन सफल पाराैं ।

लेखक नेकपाका नेता एवम् पूर्व युवा तथा खेलकूद मन्त्री हुनुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update