Erani Mahal
सरकारले ल्याएको अध्यादेशको नेविसंघद्वारा विरोध
nebisag

पाल्पा– नेपाल विद्यार्थी संघले सरकारले ल्याएको दुई अध्यादेशको विरोध गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय अगाडि कालोझण्डा देखाउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।


कोरोनाको विपद्को समयमा सिंगो राष्ट्र एकजुट हुनुपर्ने समयमा सरकारले ल्याएको दुई अध्यादेशले देशमा अस्थिरता ल्याउने भन्दै नेविसंघले ध्यानाकर्षण गराएको महामन्त्री महेश्वरी कुँवरले बताउनुभयो । उहाँले नेविसंघको केन्द्रीय कार्यक्रम अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि कालो बाँधेर सांकेतिक विरोध गरिएको बताउनुभयो ।


केन्द्रीय कार्यक्रम अनुसार पाल्पा जिल्ला प्रशासन कार्यालय अगाडि पनि १० मिनेट हातमा कालो झण्डा बाँधेर सांकेतिक विरोध प्रर्दशन गरिएको पूर्व जिल्ला सभापति विदुर घिमिरेले रानीमहललाई बताउनुभयो ।


उहाँले राजनीतिक दलहरुलाई जुटाउनुको साटो फुटाउने नियतले ल्याएको अध्यादेशले देशमा अस्थिरता आउने भएकाले केन्द्रीय कार्यक्रम अनुसार पाल्पामा पनि विरोध जनाएकोे बताउनुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पसका कावा अध्यक्ष सुवास गैरेले सरकारले गरेको खराबकाको विरोध भएको रानीमहललाई बताउनुभयो । उहाँले सामाजिक दुरी कायम गर्दै सांकेतिक विरोध गरिएको बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update