Erani Mahal
निस्दीले अनुदानमा उन्नत जातकाे धानकाे बिउ वितरण गर्ने
Dhan

पाल्पा - निस्दी गाउँपालिका कृषि शाखाले अनुदानमा उन्नत जातको धानको बिउ वितरण गर्ने भएको छ।

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषकलाई धानको बिउ वितरण गरिने कृषि शाखा संयोजक खिमराज कोइरालाले बताउनुभयो ।

गाउँपालिका भरिका सातै वडाका कृषक, कृषक समूह तथा कृषि सहकारीले वैशाख २४ सम्ममा सम्बन्धित वडा तथा कृषि शाखामा निवेदन पेश गरेर आवश्यकता अनुसार बीउ लिन सकिने संयोजक कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update