Erani Mahal
काफल बेचेर चामल साट्दै पाल्पा माथागढीका किसान
Kafal

माथागढी सहकारीले किसानलाइ सहयाेग गर्दै

पाल्पा- कोरोना भाइरसको लकडाउनको कारण खाध्यान्न लगायतका सामग्री किन्न र स्थानीय उत्पादन विक्री गर्न नपाएका माथागढीका किसानले आफ्नो उत्पादन काफल, काँक्रा लगायतका तरकारी बेचेर चामल किन्न लागेका छन् ।


माथागढी बहुउद्देश्यीय सहकारी संस्था लि. चिदीपानी पाल्पाले माथागढी क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरु ढुवानी निशुल्क सुबिधा सहित विक्री गरेर त्यस वापत रासन चामल किनेर दिन लागेको सहकारीका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।

माथगाढीका ज्यामिरे, सिकारकोट, देउगीर, सपाङ्दी, बक्सादी, क्षेत्रका किसानको बारी पखेरामा रहेको काफल बेचेर चामल किन्नको लागि किसानका भावना समेत सम्बोधन गर्न चामल खरिद गरेर सहकारीले दिन लागिएको पन्थीले रानीमहललाई बताउनुभयो ।

सहकारीले पहिलो पटक चिदीपानी रुप्से कसेनी क्षेत्रमा उत्पादन भएको भक्तपुरे लोकल काँक्रा ६० रुपैया, खिरा काक्रा २० र बन्दा प्रती केजी १० का दरले बिक्री वितरण गरीएको संस्थाका अध्यक्ष राजकुमार पन्थीले रानीमहललाई बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पाल्पा र माथागढी सहकारीको सहजीकरणमा कृषि एम्बुलेन्सको प्रयोग द्वारा यो काम गरिएको हो । सहकारीले यही शनिवार १३ गते तानसेनको बाँसटारी, प्रभास, बर्तुङ, बसपार्क, ट्क्सार, सितलपार्टी, मेहलधारा र कारागार क्षेत्रका उपभोक्ताहरुको घरघरमा बितरण गरिने सदस्य खेमान सिङ सारुले बताउनुभयो ।

सहकारीले शनिवार भक्तपुरे काँक्रा टमाटर, काफल, कोइरालो, सिब्लिगान, बन्दा, टमाटर लगायतका सामग्रीहरु ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update