Erani Mahal
काेराेनाकाे रिपाेर्टिङ् गर्ने पत्रकारकाे सुरक्षामा ध्यान दिन प्रेस संगठनकाे आग्रह
ars

पाल्पा - काेराेना बिरूद्धकाे अभियानमा खट्ने पत्रकारकाे सुरक्षामा ध्यान दिन प्रेस संगठन नेपाल, पाल्पा शाखाले सम्बन्धित संचारसंस्थाकाे ध्यानाकर्षण गरेकाे छ । पत्रकारहरुलाई एकान्तवासबाटै समाचार सम्प्रेषण लगायतका काम गर्न आग्रह गर्दै संगठनले पत्रकारकाे स्वास्थ्य तथा अन्य सामाजिक सुरक्षामा ध्यान दिन एक विज्ञप्ति प्रकाशित गरी आग्रह गरेकाे हाे ।

संगठनका संयाेजक राजेन्द्र लिगलद्वार हस्ताक्षरित विज्ञप्तिमा कार्यस्थलमा खट्नैपर्ने संचारकर्मी तथा पत्रकारहरुको सुरक्षाका लागि आवश्यक पिपिइ सेट, मास्क, सेनिटाइजर र ग्लोब्स जस्ता अत्यावश्यक सामग्रीहरुको सहज उपलव्धता गराई उनीहरुलाई कोरोना भाइरस संक्रमणवाट सुरक्षित हुने वातावरण निर्माणमा सम्बन्धित संचार गृहलाई जिम्मेवार बन्न आग्रह गर्दछाैँ भनिएकाे छ ।

विज्ञप्तीमा “विश्वव्यापी कोरोना महामारीको जोखिमपुर्ण अवस्थामा समेत विचलित नभई नियमित रुपमा नागरिकलाई सूचना प्रवाह गरिरहेका पत्रकार तथा संचारकर्मीहरुलाई धन्यवाद दिन दिएकाे छ । यसका साथै अग्रपंतिमा रहेर सेवा गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैमा आभार व्यक्त गरेकाे छ ।

संगठनले संक्रमणबाट बच्न नेपाल सरकारले अपनाएको लकडाउनवाट दैनिक गुजारा चलाउन समस्या परेको गरिव, श्रमिक र जोखिम समूहका वर्गलाई उचित राहतको व्यवस्था गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीमा सहज खाद्यान्न आपूर्ति गर्न, गन्तव्यमा पुग्न नसकी सडकमा अलपत्र परेका नागरिकलाई सुरक्षित घरसम्म पु¥याउने सहज वातावरण सिर्जना गर्न, उच्च मनोवलका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराईएको छ । महामारीका रुपमा भाईरस संक्रमणको अवस्थालाई समयमै रोक्न सम्भाव्य व्यक्तिहरुको पहिचान र स्वास्थ्य परीक्षण तीव्र गतिमा गर्न सम्बन्धित निकायलाइ आग्रह गरेकाे छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update