Erani Mahal
लकडाउनमा अत्यावश्यक काम परे  ई–पास बनाउनुहोस : तरिका सहित
इ-पास

पाल्पा– कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गत चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेको छ । जसले गर्दा धेरै मानिसहरुलाई आवतजावतमा समेत समस्या भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न घरमै बस्ने र सरसफाईका कामहरु गर्न सरकारले आग्रह समेत गरेको छ ।

लकडाउनमा अत्यावश्यक सेवा बाहेक अन्य कामको लागि घरबाट बाहिर हिड्न सरकारले रोक लगाएको छ । तरपनि केही मानिसहरु काम नपाएझैं लखरलखर हिडिरहेका छन् । उनीहरुलाई भने प्रशासनले कडाइ गरेको छ ।


अत्यावश्यक कामका नाममा केही व्यक्तिहरु बाहाना बनाएर समेत हिडेका छन्, उनीहरुलाई प्रहरीले समेत कडाइ गरेको छ, वास्तविक समस्या परेका व्यक्तिहरुलाई भने तीन तहका सरकार र जनप्रतिनिधिले समन्वय गर्नुपर्दछ । उनीहरुको समस्या भनेको आम नेपालीको समस्या हो जसलाई सबैले मिलेमा समाधान गर्न समेत सकिन्छ । सवारी पास जारी गर्दा कार्यालय समेत आउन र जान समेत समस्या भएको भन्दै सरकारले बैशाख १ गतेदेखि अनलाइन सवारी साधान संचालन तथा अध्यावश्यकीय सेवाको पास ई–पासको व्यवस्थापन गरेको छ । सोही अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयहरुले ई पासको व्यवस्थापन मिलाएका छन् ।

ई पासको लागि आफुले घरमै बसेर मोवाइमा, कम्प्यूटर वा ल्यापटपबाट समेत सत्यतथ्य विवरण भरेर आवश्यक कागजात सहित पेश गरेमा प्रशासनले तुरुन्तै जारी समेत गर्ने गर्दछ जसले सहजता समेत थपेको छ । ईपासको लागि मोवाइलमा पास लेखेर १११२ मा एसएमएस गरी त्यसमा तुरुन्तै एउटा लिंक आउँछ र सोही लिंक खोलेर आफ्नो पास आवश्यक पर्ने विवरण र आवश्यक कागजातहरु समावेश गर्नुपर्दछ । ई पास लिने व्यवस्थाको लागि सरकारले डाटा प्रयोग, एसएमएसमा समेत शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।


पाल्पामा समेत ३ गतेदेखि अनिवार्य रुपमा ईपासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । उहाँले अत्यवावश्यक सेवा विरामी, शवबहान, सुत्केरी, विरामी अस्पताल ल्याउन र लैजान लगायतका सेवामा ई पास जारी गरिएकाे बताउनुभयो । विरामीहरुलाई एम्बुलेन्समा ल्याउन, तरकारी, खाध्यान्न ढुवानीमा भने पासको आवश्यक नपर्ने प्रशासनले जनाएको छ ।

अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयाे ।

यस्तो पास लिन आवेद्कले मोबाइलको म्यासेजबक्समा गएर १११२ मा एसएमएस गर्नुपर्नेछ । उहाँका अनुसार, एसएमएस गर्दा आवेदकले जुनसुकै कोड राख्न सक्नेछन् ।

एसएमएसपछि https://epass.moha.gov.np लिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ ।

पासका लागि प्राप्त अनलाइन दरखास्त अध्ययनपछि यसबारे निर्णय गर्ने पन्थीले जानकारी दिनुभयाे । प्रशासनले उचित लागेमा आवेदकको मोबाइलमा कोड नम्बर (पास) उपलब्ध गराउने छ ।

पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएको उल्लेख गर्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update