Erani Mahal
पाल्पामा बाहिरी जिल्लाबाट तरकारी ल्याउन नपाइने, खाद्यान्न पसल खाेल्न समय ताेकियाे
09

पाल्पा – कोरोना संक्रमण नियन्त्रण गर्न जिल्लामा तरकारी आयातमा समेत रोक लगाइएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै बाहिरी जिल्लाबाट पाल्पामा भित्रिने तरकारीमा रोक लगाउने जिल्लास्थित सिसिएमसीको बैठकले निर्णय गरेको छ ।

बैठकले तरकारी, दुधजन्य बस्तु तथा फलफुल बिक्रीका लागि प्रत्येक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म मात्र पसल खोल्ने, खाद्यान्न बिक्री वितरणका लागि आइतबार, मंगलबार र बिहीबार दिनको ९ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइने निर्णय भएको छ । यस्तै जिल्लाका सबै औषधि पसल नियमित रुपमा खोल्ने निर्णय भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update